Friday, October 7

जापानमा श्रीमतीसहित बस्दै आएका एक नेपालीले गरे आत्मह’त्या

September 26, 2021 1066

जापानको खानागावा प्रिफेक्चरमा एक नेपाली युवाले आफ्नो ज्यान आफैंले लिएका छन्। प्राप्त जानकारी   अनुसार खानागावा प्रिफेक्चर मिदोरी वार्डको नागाचुता भन्ने ठाउँमा गैरे थरका युवाले आफ्नो ज्यान आफैंले लिएका हुन्।

नेपाल बुटवल घर हुनुभएका गैरे जापानमा वर्किगं भिषामा रहँदै आएका थिए । श्रीमती सहित बस्दै आएका गैरेले सेप्टेम्बर २६ तारिख आईतबार साँझ ज्यान फालेका हुन् । अन्दाजि ३५ बर्षिय गैर आफु बस्दै आएको घरको सिँढिमा झुण्डिएको अवस्थामा मृ’त भेटिएका हुन् ।

हाल शव प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले छानविन तथा पोष्टमार्टम लगाएको प्रक्रिया गरिरहेको बताइएको छ ।जापानमा आफ्नो ज्यान आफैले लिने नेपालीहरुको संख्या बढिरहेको छ । जापान जस्तो बिकसित देशमा आफुले आफैलाई मानसिक रुपमा स्वास्थ्य राख्न एकदमै जरुरी रहन्छ ।

प्रतिकृया दिनुहोस्