Wednesday, October 27

कोरियामा ४२ प्रतिशतभन्दा बढि ३० बर्ष जति उमेरका युवायुवती अविवाहित

September 27, 2021 583

दक्षिण कोरियामा अविवाहित रहेका युवा तथा युवतिहरुको संख्या बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ। गत बर्ष ३० बर्ष वरपर उमेर भएका ४२ प्रतिशतभन्दा बढि कोरियनहरु अविवाहित रहेको देखिएको छ। धेरैजसो कोरियनहरुमा ढिलो विवाह गर्ने तथा विवाह नै नगर्ने प्रबृत्ति बढ्दै गएकाले यस्तो देखिएको हो। को’रोनाका कारण सिर्जित आर्थिक म’न्दिका कारण पनि आर्थिक स’मस्याले मानिसहरुले विवाह ढिला गर्ने गरेको पाइएको छ।

गत बर्ष १५ बर्ष वा सोभन्दा माथिका १ करोड ३७ लाख सिङ्गल युवायुवतिहरुमध्ये २८ लाख २० हजार जना ३० बर्ष वरपर उमेर भएका हरु रहेका छन। स्टाटिक्स अफ कोरियाका अनुसार यो संख्या ५ बर्षअघि २६ लाख ८० हजार रहेको थियो। गत बर्ष ३० बर्ष हाराहरी उमेर भएका ४२.५ प्रतिशत युवायुवति अविवाहित रहेको देखिएको छ। यो संख्या सन २०१५ मा ३६.३ प्रतिशत मात्र रहेको थियो। सन २०१५ यता यस्तो संख्यामा ६.२ प्रतिशतको बृध्दि रहेको देखिएको छ।

अविवाहित ३० बर्ष हाराहारी उमेर भएका युवायुवतिको प्रतिशत ४० भन्दा माथि कटेको यो नै पहिलो पटक हो। यी अविवाहितहरु मध्ये ५०.८ प्रतिशत केटाहरु रहेका छन भने बाँकी केटीहरु रहेका छन। अहिले धेरैजसो कोरियनहरु जीवनका महत्वपूर्ण मानिने डेटिङ, विवाह तथा बच्चा जन्माउने कुराबाट टाढै रहन चाहान्छन। चाहे अनुसारको रोजगारी नपाउनु तथा च’र्को मूल्यबृ’ध्दिका कारण दैनिक जिवनयापनमै सम’स्या पर्ने भएकाले उनिहरु यि कुराहरुबाट टाढै रहन चाहान्छन।

अविवाहित रहनेहरुको संख्या बढेसँगै कोरियामा जन्मने बच्चाहरुको संख्या पनि घट्दै गइरहेको छ। जसले गर्दा भविष्यमा जनसंख्या घट्दै जानाले समस्या उत्पन्न हुन सक्ने धेरैले आँकलन गरेका छन। कोरियामा पढेलेखेका र धनी महिलाहरुमा कम विवाह गर्ने प्रवृत्ति रहेको देखिएको छ। गत बर्ष २२.१ प्रतिशत महिला जसले मास्टर्स डिग्री अध्यन गरेका छन उनिहरु अविवाहित रहेको देखिएको छ।

प्रतिकृया दिनुहोस्