Wednesday, October 27

बर्षेनी १० लाख कुकुर खाइने कोरियामा कुकुरको मासुमा प्रतिब’न्ध लाग्न सक्ने

September 29, 2021 282

दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कुकुरको मासु खपतमा प्र’तिबन्ध लगाउने सकिने बताएका छन्। अधिकांश कोरियाली नागरिकले कहिल्यै कुकुरको मासु खाएका छैनन् हालैका वर्षहरूमा यसको माग घटिरहेको बताइएको छ। तर बर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मा’रिने अनुमान गरिन्छ।

प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्र’तिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए। कुकुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्र’तिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक हो। प्रधानमन्त्रीले अ’लप’त्र छोडिएका जनावरहरूको सु’र’क्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए।

दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रू’र तरिकाबाट मा’र्न नपाइने का’नुन छ तर त्यसको मासु खान प्र’ति’बन्धित छैन। तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मा’सु खान छोड्न थालेका छन्। त्यस कारण त्यहाँका तीन ठूला कुकुरको मा’सु केन्द्रहरू ब’न्द भइसकेका छन्।

सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कुकुरको मा’सु नखाएको वा भविष्यमा नखाने बताएका थिए।सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कुकुरको मासु खान प्र’तिब’न्ध लगाउने पक्षमा रहेको देखाएको थियो। कुकुरको मासुमा प्र’तिब’न्धको माग गरिरहेका पशु अधिकार संस्थाहरूले मूनको भनाइलाई स्वागत गरेका छन्।

“दक्षिण कोरियालीहरूले बढ्दो सङ्ख्यामा कुकुरको मा’सु खाने कार्यलाई संस्कृतिभन्दा पशु दु’र्व्य’वहारको रूपमा लिइरहेका छन्,” कोरिया एनीमल राइट्स एड्भोकेट्सका प्रमुख जीन जे-होङले कोरिया टाइम्सलाई बताए। अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको बेला यो मु’द्दाले चर्चा पाउन सक्ने बताइएको छ। केही उम्मेदवारहरूले कुकुरको मासुमा प्र’ति’ब’न्ध लगाउनु पर्ने बताइसकेका छन्। बिबिसी नेपालीबाट

प्रतिकृया दिनुहोस्