Friday, October 7

कोरियामा अपार्टमेण्टको ४९ औं तल्लामा झ्यालको सिसा पुछ्ने क्रममा खसेर एक श्रमिकको मृ’त्यु

October 1, 2021 1420

दक्षिण कोरियाको ईन्छन स्थित सोङ्दो मा अवस्थित एक अपार्टमेन्ट को बाहिरी भागमा रहेको सिसा पुछने क्रममा ४० मिटर माथीबाट खसेर २९ बर्षिय श्रमिकको घटनास्थलमै मृ’त्यु भएको छ।

२७ तारिख बिहान ईन्छनको यन्सु सोङ्दो विजनेस डिस्ट्रिक मा अवस्थित ४९ तल्ला अपार्टमेन्ट को १५ औँ तल्लाको बाहीरी सिसा पुछदै गर्दा एक्कासी खसेर घटनास्थलमा मृ’त्यु भएको ईन्छन प्रहरी कार्यालयलाई उदृध गर्दै कोरियाली सन्चार माध्यम सउल सिन्मुनले जनाएको छ।

मृ’त व्याक्तीलाई टाउको मा ठुलो चो’ट लागेको र घटनास्थलमा तुरुन्तै एम्बुलेन्स आएर नजिकको अस्पतालमा संस्थामा पुर्याउदा अस्पतालले मृ’त घोषणा गरेको जनाईएको छ।

४९ तल्ले अपार्टमेन्ट को सिसा पुछने काम सरसफाई कम्पनिले करिव १ महिना अगाडी देखी गरेको र घ’टना हुने दिन सरसफाई को अन्तिम दिन रहेको जानाकारीमा आएको छ। साथै उक्त सरसफाई ठेक्का लिने कम्पनी ले ६ जना पुछने कामदार लगाएकोमा मृ’तक पहिलो पटक घटना हुने दिन आराबाईट गर्न आएको बुझिएको छ।

ईन्छन प्रहरीका अनुसार अहिले प्रहरीले उक्त कम्पनीले सुरक्षा सम्बन्धी मापदण्ड पालना गरे नगरेको,सुरक्षा उपकरण प्रयोग गरे नगरेको बिषयमा गम्भिर अनुसन्धान थालेको बताएको छ।मृ’तकको नाम तथा देश समेत खुलाईएको छैन। Kantipur press bata

प्रतिकृया दिनुहोस्