Tuesday, September 28

चन्द्रागिरी हिल्सको आइपिओ बाँडफाँड। जान्नुस परे नपरेको हेर्ने तरिका

January 22, 2021 631

चन्द्रागिरि हिल्सको आइपिओ आज बाँडफाँड भएको छ। बिहान १० बजे बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको कार्यालय नक्सालमा आइपिओ बाँडफाँड भएको हो। चन्द्रागिरीको आइपिओमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानि २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। बाँकी १२ लाख ११ हजार ११५ जना आवेदनकर्ताको हात खाली भएको छ।

कम्पनीको आईपिओमा आवेदन दिएका १२ लाख ५६ हजार ७४६ जनामध्ये १२ लाख ११ हजार ११५ आवेदन मात्रै प्रक्रिया पुरा भई बाँडफाँडमा सामेल हुन योग्य भएका थिए। बिभिन्न कारणले बाँकी ४५ हजार ६३१ जनाको आवेदन रध्द भएको थियो। बैंक खातामा पैसा नहुने, दोहोरो आवेदन गर्ने कुराले आवेदन रध्द हुन सक्छ।

आईपिओमा निरास भएपनि चन्द्रागिरी हिल्स लिमिटेडले आईपिओ भन्नेहरुलाई १ बर्षसम्म चन्द्रागिरी केवलकार चढ्दा २५ प्रतिशत छुट दिने घोषणा गरिसकेको छ। पुष २४ गतेबाट निष्काशन भएको यस कम्पनीको आइपिओ पुष २८ गते बन्द भएको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो जसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो।
चन्द्रागिरीको आइपिओको रिजल्ट हेर्ने तरिका यहाँबाट हेर्नुस्।

प्रतिकृया दिनुहोस्