Tuesday, May 24

हानपासले दशैंमा नेपाल पैसा पठाउनेहरुलाई हीरा दिने, हीरा लिने तरिका जानौं।

October 3, 2021 780

दक्षिण कोरियामा रहेका नेपालीहरुमाझ लोकप्रिय तथा पहिलो रोजाईमा रहेको रेमिटेन्स कम्पनी हानपासले आउँदै गरेको नेपालीहरुको महान चाड विजयादशमीको अवसर पारेर नयाँ उपहार योजना ल्याएको छ। “छिटो, सजिलो र भरपर्दो हानपासबाट पैसा पठाऔं, उपहारमा हीरा जितौं” नाम राखिएको यस उपहार योजनामा कोरियामा रहेका धेरै नेपालीहरु आकर्षित रहेको पाइएको छ।

आफूले कोरियामा दुख गरेर कमाएको पैसा विना झन्झट तुरुन्तै नेपाल सुरक्षित रुपमा पुग्ने तथा साथमा हीरा पनि पाइने भएकाले धेरै नेपालीहरुले अहिले हानपासबाटै पैसा पठाईरहेको बुझिएको छ। ख्यङ्गीदो आनसानको एक काजग कारखानामा विगत ३ बर्षदेखि काम गर्दै आइरहेका नविन तिवारी आफू पहिले देखि नै हानपास बाटै नेपालमा पैसा पठाईरहेको तथा अहिले चाडबाडका अवसरमा कम्पनीले हीरा जित्ने अवसर समेत ल्याएकोमा आफूलाई खुशी लागेको बताउँछन। उनले यो उपहार योजनामा सहभागी हुन हानपासबाटै रेमिटेन्स पठाईसकेको तथा आफ्ना साथिभाईलाई समेत हीरा जित्ने अवसरमा सामेल हुन अनुरोध गरिसकेको समेत जानकारी दिए।

हानपासले विगतका बर्षहरुमा समेत बिभिन्न आकर्षक उपहार योजनाहरु ल्याउँदै आइरहेको छ। नेपालीहरुको महान चाड दशैंका अवसरमा ल्याइएको यो हीरा जित्ने उपहार योजनामा सहभागी हुनका लागि केहि नियमहरु भने पूरा गरेको हुनुपर्दछ। यस उपहार योजनमा सहभागी हुन सर्वप्रथम हानपास रेमिटेन्स नेपालको आधिकारीक फेसबुक पेज लाईक गरेको हुनुपर्नेछ। हानपास नेपालको आधिकारीक फेसबुक पेजको लिङ्क हानपास रेमिटेन्स नेपाल रहेको छ। त्यसैगरी सेप्टेम्बर १ देखि अक्टोबर १४ तारिखसम्म रेमिट गर्नेहरु यस योजनमा सहभागी हुन पाउनेछन। यस योजनामा ३ जनाले हीरा जित्नेछन। एक जना सबैभन्दा धेरै रकम रमिटेन्स पठाउने, एक जना सबैभन्दा धेरै पटक रेमिट गर्ने तथा अन्तिम एक जना भने यस अबधिभित्र रेमिट गरेकाहरुमध्येबाट गोलाप्रथाबाट छानिनेछ।

“छिटो, सजिलो र भरपर्दो हानपासबाट पैसा पठाऔं, उपहारमा हीरा जितौं” उपहार योजना कार्यक्रमका बिजेताहरुको नाम अक्टोबर १५ तारिख हानपासको पेजबाट लाईभ गरी घोषणा गरिने बताइएको छ। यस योजनामा जति धेरै पटक रेमिट पठायो त्यति धेरै हीरा जित्ने सम्भावना हुने भएकाले कोरियामा रहेका सबै नेपालीहरु सहभागी हुन हानपासले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्