Wednesday, October 27

कोरियाले कामदार लाने प्रकृया सुरु, सिसिभिआइ फाराम खुल्यो (सूचनासहित)

October 3, 2021 4505

बासुदेव भट्ट, लामो समय देखि दक्षिण कोरिया जान नपाएको नेपाली श्रमिक चाँडै लैजान दक्षिण कोरियाले प्रकृया सुरु गरेको छ । कोरोना महामारीका कारणले अबरुद्ध भएको श्रमिक लैजाने कार्य अघोषित रुपमा सुरु भएको संकेत नेपाल स्थित इपिएस कोरिया शाखाले पनि गरेको छ ।

इपिएस शाखाका स्रोतका अनुसार विभिन्न चरणका प्रकृयाहरु तथा छलफल पश्चात नेपाली श्रमिक लैजाने बिषय अत्यन्तै अन्तिम चरणमा पुगेको हो । कोरियाले राखेका सर्तहरु पुरा नेपाल पक्षले गरेको हुदा अब ढिला नगरि कोरियाले प्रकृया सुरु गर्ने एक कर्माचारीले बताए । यही मिति भन्न त मिल्दैन तर अब बिगतको जस्तो ढिला हुदैन चाँडै हुनेछ काम भइरहेको छ उनले हाम्रा खबर सँग कुरा गदै भने ।

चाँडै हुने कुराको पुष्टि गदै आइतबार इपिएस कोरिया शाखा ललितपुरले सिसिभिआई फारम भर्ने सम्बन्धि सुचना समेत सार्वजनिक गरेको छ । यो फारम कोरिया उड्न कन्फम कन्फम भए सरह नै मानिन्छ । जहाज चढन अगाडीको यो अन्तिम प्रकृयाको रुपमा कार्यालयले भर्न लगाउने यो फारम यही असोज १७ देखि आउदो असोज २५ गते सम्म भर्न भनिएको छ । कार्यालयमा आफै सहभागी भएर भर्ने उक्त फारम कमिटेड कामदारको लागि हो ।

कोरियाले पहिलो सर्त कमिटेड कामदार लिने र दोस्रो चरणमा भाषा पास गरेर प्रकृया पुरा गरेका कामदारलाई लैजाने जनाएको थियो । उक्त फारम भर्न विस्तृत कुराहरु तल लेखिएको छ। हाम्राखबरबाट

प्रतिकृया दिनुहोस्