Wednesday, June 23

एनसिसी बैंक नबिलसँग मिसिने तयारी, इन्भेष्टमेण्ट र हिमालयन पनि नजिकिँदै

January 23, 2021 914

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले सुरु गर्नुभएको ठूला मर्जरको बिषय अहिलेका गभर्नर महाप्रसाद अधिकारीले पनि अघि बढाउने संकेत गरेका छन्। पूर्व गभर्नर चिरञ्जिवी नेपालले आफ्नो कार्यकालको अन्तिमतिर मौद्रिक नितीमार्फत ठूला मर्जरलाई प्रोत्साहित गर्ने तथा बाध्य पार्ने निती ल्याउने तयारी गरेपनि त्यो सम्भव हुन सकेन। तर त्यहि बिषयलाई अहिलेका गभर्नरले उठाउने सम्भावना बढेर गएको छ।
राष्ट्र बैंकको आउन सक्ने मौद्रिक नितीलाई सहयोग गर्ने तरखरमा अहिले नेपालका ठूला भनिएका बैंकहरुले सुरसार गर्दैछन्। नेपाल क्रेडिङ एण्ड कमर्स बैंक (एन सि सी) बैंक नबिल बैंक लिमिटेडसँग मर्जरमा जाने सम्भावना एकदम बढेर गएको श्रोतको दावी छ। एनसीसी बैंकले यहि माघ ९ गते हुने साधारणसभामा मर्जरको बिषय पास गराउँदैछ। एनसीसी बैंकसँग हरिसिध्दि इटा कारखानाको महङ्गो मूल्यको जग्गा भएको र उक्त जग्गाको मूल्य अहिले २ अर्ब माथि रहेकाले नबिल बैंकले यो बैंकलाई आँखा लगाएको जानकारहरुको ठम्याई छ। नबिलले आँखा लगाएको हल्ला बजारमा फैलेपछि केहि दिन यता एनसीसी बैंकको मूल्यमा उच्च बढावट आएको छ।
अर्कोतिर नेपालको बैंकिङ क्षेत्रकै दुइ ठूला तथा पुराना बैंक नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबिच लगनगाँठो कसिने हल्ला केहि समय पहिल्यैबाट चल्न थालेको हो। मर्जरपछि बन्ने बैंकको सिइओ को हुने, अध्यक्ष को बन्ने, स्वाप रेसियो कति हुने लगायतका महत्वपूर्ण कुराहरुमा सहमति लगभग भैसकेको श्रोतको दाबी छ। महत्वपूर्ण कुरा मिलिसकेकाले यि दुइ ठूला बैंकपनि मर्जमा जाने सम्भावना बलियो बन्दै गएको छ। मर्जरपछि बैंकको नाम के हुने भन्ने बिषय मिल्न बाँकी रहेको र नाम हिमायन इन्भेष्टमेण्ट बैंक हुन सक्ने सम्भावना बढेर गएको जानकारहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्