Wednesday, October 27

‘आइगो’, ‘ओप्पा’ लगाएत २६ वटा कोरियन शब्द बने अंग्रेजी, अक्सफोर्ड डिक्सनरीमा थपिए

October 9, 2021 679

कोरियन ड्रामा तथा पप संस्कृति अहिले विश्वभर फैलिरहेको छ। विश्वका धेरै जसो मुलुकमा के पप प्रख्यात रहेको छ जसका कारण कोरियन भाषाका केहि शब्दहरु अधिकाँस कोरियन ड्रामा, मुभि तथा गीत मन पराउनेहरुको मुखैमा झुण्डिने गरेको पाइन्छ। कोरियन संस्कृति फैलिएसँगै कोरियन भाषाका केहि शब्दहरु अब अङ्गरेजी शब्द बनेका छन। हालै विश्व प्रसिध्द अक्सफोर्ड अंग्रेजी डिक्सनरीले कोरियन भाषाका २६ वटा शब्दहरुलाई आफ्नो डिक्सनरीमा थपेको छ।

अक्सफोर्डले आफ्नो डिक्सनरीमा थपेका २६ वटा नयाँ कोरियन शब्दहरुमा प्रख्यात कोरियन खाना ‘छाप्छे’ (Japchae) र बुलखोगी (Bulgogi) समेत रहेका छन। त्यसैगरी ‘फान्छान’ (Banchan – side dishes) र मुक्वाङ (eating show) समेत थपिएका छन। कोरियन ड्रामा, फील्म तथा गीतसंगित हेर्ने अधिकाँस दर्शकको मुखैमा झुण्डिने शब्दहरु जस्तै ‘थेवाक’, ‘आइगो’ समेत अक्सफोर्ड डिक्सनरीमा थपिएका छन।

अक्सफोर्डले ‘अन्नि’ (Older sister to woman), ‘नूना’ (Older sister to man) र ‘ओप्पा’ (Older Brother to woman) पनि थपेको छ तर ‘ह्यङ’ (Older brother to man) भने अक्सफोर्डको डिक्सनरीमा अटाएको छैन। अक्सफोर्ड अंग्रेजी डिक्सनरीले हालै थपेका २६ वटा कोरियन शब्दहरु यि हुन।

aegyo, banchan, bulgogi, chimaek, daebak,dongchimi, fighting, galbi, hallyu, hanbok, japchae, K-, comb. form, K-drama, kimbap, Konglish, Korean wave, n. in Korean,, manhwa, mukbang, noona, oppa, PC bang, samgyeopsal, skinship, tang soo do, trot, unni

प्रतिकृया दिनुहोस्