Wednesday, October 27

कोरिया प्रवेशमा सहज, विदेशमा खोप लगाएकाहरु अब कोरियामा क्वारेन्टिन बस्नु नपर्ने

October 10, 2021 325

किशन गौतम, दक्षिण कोरियाले बिहिबारबाट लागु हुनेगरी विश्व स्वा’स्थ्य संगठनले मान्यता दिएका खो’प लगाएर कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई क्वा’रेन्टिनको नि’यममा खुकुलो बनाएको छ। समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार हाललाई को’रोना वि’रुद्व मान्यता प्राप्त खो’प लगाएका अमेरिकी सै’निक कुटनीति नियोगका कर्मचारी तथा उनीहरुका परिवार , ब्यापार व्यावसाय ,भ्रमण ,अध्यन आदि प्रयोजनको निमित्त कोरिया प्रवेश गर्ने बिदेशी नागरिकलाई अ’निबार्य १४ दिने सेल्फ – क्वा’रेन्टिन बस्नु नपर्ने नि’यम ल्याएको हो।

स्वा’स्थ्य मन्त्रालयका अनुसार विश्व स्वा’स्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा अनुमोदित खोप फाइजर, मोडेर्ना, जोन्सन एण्ड जोन्सन, एस्ट्रा जेनेका (कोभिशिल्ड सहित), सिनोफार्म र सिनोभाक छन। यद्यपी चिनियाँ कम्पनि द्वारा निर्मित दुइ खो’पहरु-सिनोफार्म र सिनोभाक यहाँको खाद्य तथा औषधि सु’रक्षा मंत्रालय द्वारा अनुमोदित नगरिएको हुँदा अझै पनि बिबादमा रहेको बताएको छ।

सेल्फ-क्वारेन्टाइन नि’यमको छुट डब्ल्यूएचओ द्वारा मान्यता प्राप्त भ्या’क्सिन लगाएकाहरुमा मात्र लागु हुने छ साथै कोरिया प्रवेश गर्दा को’रोना भा’इरस प्रमाणित भए अनिबार्य क्वा’रेन्टा’इन बस्नु पर्ने छ। त्यसैगरी उक्त छुट प्राप्त गर्न कोरिया प्रवेश गर्ने ब्याक्तिले भ्या’क्सिन प्रमाण पत्र अ’निबार्य रुपमा प्रमाणित गराउनु पर्ने छ।

सरकारले यसभन्दा पहिला कोरियामा दुवै डो’जको खो’प लगाएर विदेश जाने नागरिकलाई पुनः कोरिया प्रवेश गर्दा सेल्फ-क्वारेन्टा’इन बस्नु नपर्ने नि’यम ल्याइसकेको छ। यो खबर किशन गौतमले लेखेका हेल्लो नेपाल कोरिया मा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्