Wednesday, October 27

कार्तिक १० गतेबाट नेपाली कामदार कोरिया जाँदै, पहिलो प्राथमिकता यस्ता कामदारले पाउने

October 11, 2021 1277

नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा लामो समयपछि कामदार पठाउने काम सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन् । पहिले काम गरेर फर्किएर आएका ५० जना कामदार कार्तिक १० गते जाने र त्यसपछि अरू कामदार क्रमशः पठाइने उनीहरूको भनाइ छ ।

लामो समयपछि प्रक्रिया सुरु भएसँगै कोरिया जान पाउने आशा बढेको कोरिया जाने पर्खाइमा रहेका कामदारहरूले बताएका छन्। नेपाल र कोरिया सरकारबीच भएको श्रम सम्झौ’ता अनुसार सन् २००८ देखि कोरियाले नेपाली कामदार लिँदै आएको छ। सुरुवाती वर्षहरूमा २८ सय कामदार लगेको कोरियाले सन् २०११ देखि त्यो सङ्ख्या बढाउँदै गएको थियो।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर कामदार कोरिया जाने गरेकोमा २० महिना देखि को’रोनाभा’इर’स स’ङ्क्र’मणका कारण कामदार जान पाएका छैनन्। परीक्षा उत्तीर्ण गरेका र पहिले काम गरेर आइसकेका त्यस्ता कामदारले स’ङ्क्रम’ण घटेका बेला आफूहरूलाई पठाउने व्यवस्था नगरिएको भन्दै गु’नासो गर्दै आएका छन्।

सिधा उडानबाट आउनुपर्ने, क्वारन्टी’नको ख’र्च बे’होर्नुपर्ने जस्ता स’र्तहरूको प्रबन्धपछि अब कामदार पठाउने प्रक्रिया सुरु हुन लागेको अधिकारीहरूले बताएका छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले भने, “कोरियाले ११९ जनाको नाम पठाएको छ। तीमध्ये कार्तिकको १० गते पहिलो उडानमा ५० जना पठाउँछौँ। त्यसपछिको उडान कहिले हुन्छ भन्ने निश्चित भइसकेको छैन।”

उनका अनुसार अहिले जान लागेका मानिसहरू भनेका पहिले कोरिया गएर फर्किएका कामदार हुन्। वैदेशिक रोजगारीमा जानका निम्ति नेपाली युवाहरूलाई कोभि’ड खो’प दिइएको छ । कोरियाले अरू नयाँ कामदार पनि तत्काल लैजान्छ वा पहिले काम गरेर फर्किएका लगिसकेपछि मात्रै अरूको सुरुवात हुन्छ भन्ने निष्कर्षमा अझै नपुगिएको पनि उनले बताए।

पहिले काम गरेर आइसकेका त्यस्ता कामदारको सङ्ख्या ३ हजारको हाराहा’रीमा रहेको अनि भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका कामदारको सङ्ख्या ७ हजारको हाराहारीमा रहेको बताइएको छ। बिबिसी

प्रतिकृया दिनुहोस्