Wednesday, October 27

चामल चोरेको अभियोगमा जापानमा एक भियतनामी प’क्राउ

October 12, 2021 378

टोकियो/जापान । गत जनवरी महिनामा एक सुपरमार्केटबाट ३५ केजी चामल चो’रेको अ’भियोगमा एक जना २८ वर्षिय भियतनामी नागरिक प’क्रा’उ परेको आईतबार प्र’ह’रीले जनाएको छ।

महानगरीय प्र’ह’रीले जनाए अनुसार,गत जनवरी महिनामा टोकियोको आदाची वार्डमा रहेको एक सुपर मार्केटमा प्रवेश गरि ५ केजी तौल भएको कोशि हिकारी चामलको ७ ओटा प्याकेट ट्रलीमा राखेर बाहिर लिएर गई, बाहिर रोकिराखेका उनिहरुको कारमा राखे र त्यसपछि फेरि सुपरमार्केटमा फर्किएर ११ वटा ह्विस्कीका बोतलहरु पनि निकालेर त्यसैगरि बाहिर रोकिराखेको कारमा राख्न लाग्दा स्टाफले देखे त्यसपछि ति संदिग्धहरुलाई पच्छाउँदा उनिहरु कार चढेर फ’रार भएका थिए।

यद्यपी प’क्रा’उ परेका ति व्यक्तिले भने अपराध स्विकार गरेका छैनन्। प्र’ह’रीका अनुसार सु’रक्षा क्यामेरामा रेकर्ड भएका दृष्यको आधारमा उनिहरुको कारको पहिचान गरिएको हो। उनिहरुले टोकियो, साइतामा र चिबा प्रान्तका विभिन्न १७ ओटा सुपरमार्केटहरुबाट गरी ८ लाख येन बराबरको चामल चो’रि गरेको आशंका गरिएको छ।

प्रतिकृया दिनुहोस्