Wednesday, October 27

कोरियाले गत बर्षको तुलनामा बिदेशबाट किन्यो दोब्बर र’क्सी

October 14, 2021 173

चालू आर्थिक बर्षको पहिलो ८ महिना अर्थात जनवरी सन २०२१ देखि अगष्टसम्ममा कोरियाले अघिल्लो बर्षको यसै अवधिको तुलनामा विदेशबाट दोब्बर मात्रामा र’क्सी आयात गरेको छ। को’रो नाका कारण मानिसहरु घरभित्रै रहेकाले घरमै बसेर र,माईलो गर्ने गरेका का,रण र’क्सीको माग बढेकाले आयात बृ’ध्दि भएको अनुमान गरिएको छ।

एशिया महादेशकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाले चालू आर्थिक बर्षको ८ महिनामै ३७०.५ मिलियन अमेरीकि डलर बराबरको र’क्सी आयात गरेको छ। कोरियाको भन्सार तथा उध्योग विभागले निकालेको तथ्यांकअनुसार अघिल्लो बर्षको यसै अबधीको तुलनामा यो आयात ९६.५ प्रतिशतले बढेको हो। यो बर्षको आयात अघिल्लो बर्षको आयात ३३० मिलियन भन्दा धेरै हो। यसमा सबैभन्दा धेरै बिय’र आयात भएको जुन १४७.८ मिलियन डलर बराबरको रहेको छ।

कोरियामा र’क्सी पठाउने देशमा फ्रान्स पहिलो नम्मरमा परेको छ। फ्रान्सले कोरियामा चालू बर्षको पहिलो ८ महिनाभित्रै १ सय १६.२ मिलियन डलर बराबरको रक्सी पठाएको छ भने दोस्रो नम्मरमा अमेरिकाले ६१.०४ मिलियन डलरको र’क्सी कोरियालाई बेचेको छ। त्यसैगरी कोरियाले चिलीबाट ५७ मिलियन तथा स्पेनबाट २८.६५ मिलियन डलरको र’क्सी आयात गरेको छ।

प्रतिकृया दिनुहोस्