Monday, May 23

कोरियाले आफैंले बनाएको रकेट यहि बिहिवार प्रक्षेपण गर्दै

October 19, 2021 523

कोरियाले आफैंले बनाईरहेको रकेट यहि विहिवार प्र’क्षेपण गर्ने भएको छ। ‘नुरी’ नाम दिएको यस रकेट यदि मौषममा कुनै ठूलो परिवर्तन नदेखिएमा यहि बिहिवार अन्तरिक्षमा प्रक्षे’पण गरिने तयारी गरिएको छ। कोरियाले यस आयोजनामा सन २०१० देखि यता करिब १.९६ ट्रिलियन कोरियन वन खर्च गरिसकेको छ।

नुरी रकेट कोरियाले सम्पूर्ण प्रविधी आफ्नै प्रयोग गरेर बनाएको हो। यदि कोरियाको यो रकेट प्र’क्षेपण सफल भएको खण्डमा कोरिया विश्वमै सफल रुपमा अन्तरिक्षमा र’केट प्रक्षे’पण गर्ने दशौं राष्ट्र बन्नेछ। यो रकेट तिन तहयुक्त स्पेस रकेट हो जसले १.५ टन वजनको सेटेलाईटलाई पृथ्विवाट ६ सय देखि ८०० किलोमिटर माथि पुर्याउन सक्ने सा’मर्थ्य राख्दछ।

बुधवार विहान यो र’केटलाई लन्च गर्ने स्थान नारो स्पेश सेन्टर खोह्याङ पुरयाईनेछ तर रकेट बिहिवार दिउँसो कुन समयमा लन्च गरिनेछ भनेर भने त्यसबेलाको मौषमको अवस्था र उक्त समयमा स्पेशमा अन्य सेटेलाईट के कति भएको र तिनिहरुसँग ठो’किने स’म्भावना भए नभएको एकिन गरेर तय गरिनेछ। यो रके’ट प्र’क्षेपणका लागि हावाको गति प्रतिसेकेन्ड २० मिटरभन्दा कम हुनुपर्नेछ।

यो पटक भने नुरी र’केटमा १.५ टनको डमी सेटेलाईट राखि पठाईनेछ। यसमा रहेको पहिलो बुस्टर ५९ किलोमिटर माथि पुगेर लन्च गरिएको २ मिनेट ७ सेकेण्डमा छु’ट्टिनुपर्नेछ भने यसको नोज भने तिन मिनेट ५३ सेकेण्डमा करिब १ सय ९१ किलोमिटर माथि पुगेर छु’ट्टिनुपर्नेछ। इतिहासलाई हेर्दा यस्ता प्रकृतिको र’केट सफल हुने दर करिब ३० प्रतिशत मात्रै रहेको बताइएको छ। यदि मौषम उपयुक्त नभएको खण्डमा र’केट प्र’क्षेपणको मिति सारिनेछ। यस रकेट लन्चको लाइभ कोरियामा नेभर टिभि तथा युट्युव च्यानलमा गरिने बताइएको छ।

प्रतिकृया दिनुहोस्