Tuesday, June 22

आइपिओको पाइपलानमा ८ बीमा कम्पनी, हेर्नुस कहिले आउँदै छ।

January 23, 2021 742

पछिल्लो समय नेपालमा सार्वजनिक निष्काशन आइपिओमा आम सर्बसाधारणको आकर्षण बढ्दो छ। भरखरै इन्फ्रास्ट्रक्चर बैंकले निष्काशन गरेको आइपिओमा १५ लाखभन्दा बढिले आवेदन गरेको तथ्याङकबाट यो कुराको पुष्टि हुन्छ। अब कुन नयाँ कम्पनीको आइपिओ आउँदैछ त भनेर लाखौं लगानीकर्ता पर्खेर बसेका छन्। बिभिन्न क्षेत्रका कम्पनीहरुले सर्बसाधारणका लागि सार्वजनिक निष्कासनको तयारी गरिरहेका छन्। बीमा क्षेत्रका ८ वटा कम्पनी पनि आइपिओ निष्काशनका लागि तयारी गरिरहेका छन्।

ज्योती लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, युनियन लाइफ, आइएमइ लाइफ, सानिमा लाइफ, महालक्ष्मी लाइफ र रिलायबल लाइफ इन्स्योरेन्सका लाखौं कित्ता आइपिओ पाइपलाइनमा रहेका छन्। यि कम्पनीहरुले निकट भविष्यमै सर्वसाधारणा लागि सेयर बिक्रि गर्दैछन्। जिवन बीमाको क्षेत्रमा पछिल्लो समय आफ्नो व्यवसाय सुरु गरेका १० लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये प्रभु लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आइपिओ निष्कासन गरिसकेका छन्। प्रभु लाइफले ६० लाख कित्ता अनि रिलायन्स लाइफले ६३ लाख कित्ता आइपिओ बिक्रि गरेका हुन्। अहिले यि दुबै कम्पनीका सेयरहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भइ कारोबार भइरहेका छन्।

ज्योती लाइफ इन्स्योरेन्सले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। अहिले यो कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड रहेको छ। ज्योती लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्काशन गर्दैछ। यसका लागि कम्पनीले मंसिर २४ गते नै धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। त्यसैगरी सिटिजन लाइफले आइपिओ निष्काशनका लागि क्रेडिट रेटिङ गराइसकेको छ। यस कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्राएनपी त्रिपल बी रेटिङ प्रदान गरेको छ। सिटिजनले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपिओ निष्काशन गर्नेछ।

युनियन लाइफले पनि आइपिओ निष्काशनको तयारी गरिरहेको छ। यस कम्पनीले ६४ करोड ५० लाख रुपैया बराबरको ६४ लाख ५० हजार कित्ता सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो। यो निष्काशन जारी पूँजीको ३० प्रतिशत हो। यो आइपिओ पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्नेछ।

प्रतिकृया दिनुहोस्