Wednesday, December 8

कोरियामा घरको भर्याङमा हगेर भाग्नेलाई खोज्दै घरबेटी, आएर माफी नमागे हग्दै गरेको भिडीयो भाइरल गराइदिने चेतावनी

October 23, 2021 788

दक्षिण कोरियाको थेजन शहरमा रहेको एउटा घरको दोश्रो तल्लामा रहेको भर्याङमा दिशा गरेर भा’ग्ने मान्छेलाई उक्त घरको घरबेटीले खोजिरहेका छन। उनले यस्तो काम गर्ने मान्छेलाई खोजी गर्न ब्यानर नै बनाएर झु’ण्डाएका छन। ब्यानरमा उक्त मान्छेको उचाई, तौल, उमेर लगाएतका जानकारी राखिएको छ।

अक्टोबर २१ तारिख कोरियाका विभिन्न अनलाईन कम्युनिटीहरुमा ‘घरभित्र दिशा गरेर भा’ग्ने मान्छेलाई खोज्दै घरबेटी’ टाइटल राखेर विभिन्न किसिमका न्युजहरु पोष्ट भएका थिए। तर ति पोष्टहरुमा अन्य कुनै जानकारी भने थिएन। पोष्टमा ब्यानरको फोटोमात्र देखिन्थ्यो। ब्यानरमा लेखिएको थियो कि ‘घरको भर्याङमा दिशा गर्ने ब्यक्तिको खोजी। यदि आफैं नआएको खण्डमा दिशा गरिरहेको सिसिटीभी फुटेज हामी भा’इर’ल गराइदिनेछौं।’

उक्त ब्यानरमा दिइएको जानकारी अनुसार यो घ’ट’ना सेप्टेम्बर २९ तारिखका दिन दिउँशो ४ बजेर ५६ मिनेटमा भएको थियो। त्यो दिन उक्त मानिस दिउँसो ४ बजेर ५४ मिनेटमा बसबाट ओर्लन्छ र घरको दोश्रो तल्लामा पुगेर भर्याङमा ४ बजेर ५६ मिनेटमा दि’शा गरिदिन्छ र त्यहाँबाट दि’शा नधोई भा’ग्दछ। करिब ५ बजे उक्त मानिस अर्को बसमा चढेर जान्छ।

ब्यानरमा यस्तो हरकत गर्ने मानिसको बारेमा समेत लेखिएको छ। त्यो मानिस करिब २० बर्षजतिको भएको र करिब १ सय ७२ सेन्टिमिटर उचाई भएको र अन्दाजी ७२ केजी तौल भएको ब्यानरमा उल्लेख गरिएको छ। उसको कपाल अलि लामो लामो छ र उसले कालो हाफपाइन्ट र कालै टिशर्ट लगाएको छ भने खुट्टामा सेतो जुत्ता लगाएको देखिन्छ।

उक्त ब्यानर तयार गर्ने ब्यक्ति घर मालिक भएको बताइएको छ। घर मालिकले न्युज१ टेलिभिजनसँग बोल्दै भनेका छन उक्त मानिसले गरेको फो’होर म आफैंले सफा गरेको छु। उक्त मानिस अहिलेसम्म फर्केर मा’फी माग्न आएको छैन। कोरियाको का’नू’न अनुसार त्यो मानिसलाई ३ बर्षसम्म जे’ल स’जा’य तथा ५० लाख वनसम्म नगद ज’रिवा’ना हुन सक्दछ।

प्रतिकृया दिनुहोस्