Thursday, June 24

ग्रीनलाइफ हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, हेर्नुस कहिलेबाट खुल्दैछ

January 24, 2021 1009

माघको तेस्रो सातादेखि ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने तयारी गरिरहेकोछ। आइपिओ निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेड र ग्रीनलाईफ हाइड्रोपावर बीच शेयर रजिष्ट्रार सम्बन्धि सम्झौता सम्पन्न समेत भएको छ। उक्त सम्झौता पत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गर्नुभएको छ। ग्रीनलाइफको आइपिओ माघ २३ बाट खुल्नेछ। कम्पनीको आइपिओमा २७ गतेसम्म आवेदन गर्न सकिनेछ। पर्याप्त आवेदन नपरेको खण्डमा आइपिओ भर्ने समय फागुन ७ सम्म हुनेछ।

यस कम्पनीले केहि समय पहिला स्थानिय आयोजना प्रभावितहरुका लागि सेयर बेचेको थियो। स्थानीय बासिन्दाको लागि खोलिएको सबै सेयर बिकेको थिएन। ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १०० अंकित दरको १८ लाख कित्ता शेयर तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरिएको शेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागी नेपाल धितोपत्रबोर्डबाट माघ ४ गते स्वीकृती प्राप्त गरिसकेको छ। ३४ लाख ९६ हजार ४०० कित्तामा सामुहिक लगानी कोष, कर्मचारी पनि समावेश छन्। ग्रीनलाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानिखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीले माघ २३ गतेदेखि आइपिओ निष्कासन तथा विक्री खुल्ला गर्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्