Wednesday, December 8

जापानी राजकुमारीले आफ्नो प्रेमीसँग विवाह गर्न राजकिय पदवी नै त्यागिन।

October 26, 2021 232

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गु’मेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए। जापानको का’नुनअनुसार “जनता”सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गु’म्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन। राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्। अनि राजपरिवारबाट बि’दा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वी’कार गरिन्।

यी दुवै कुरा परित्या’ग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन्। नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन्। माकोको विवाह र त्यससँग सम्बन्धित नि’र्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई “जापानका ह्यारी र मेगन” को सङ्ज्ञा दिएका छन्। उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घो’षणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चि’योच’र्चो गरिएको थियो। जापान फर्किएको बेला उनले पालेको कपालका कारण कोमुरोको आ’लोच’ना भएको थियो।

जापानी राजकुमारीसँग बिहे गर्न लागेका व्यक्तिका लागि त्यस्तो केशराशि अशोभनी’य भएको केहीको भनाइ थियो। राजकुमारी माको मङ्गलवार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थिइन्। त्यसअघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थिइन्। दरबारबाट बाहिर नि’स्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ। माको र कोमुरोले मङ्गलवार एउटा प्रेस कन्फरेन्स गर्ने अपेक्षा गरिएको छ। त्यसमा उनीहरूले सङ्क्षिप्त रूपमा बोल्ने र छानिएका पाँचवटा प्रश्नको लिखित उत्तर दिनेछन्। प्रश्नहरू पहिले नै पठाइएको थियो।

जापानको राजपरिवारसम्बन्धी विषय हेर्ने इम्पीरीअल हाउसहोल्ड एजन्सी (आईएचए) का अनुसार मौखिक उत्तर दिँदा राजकुमारी माकोलाई अ’प्ठेरो लाग्ने भएकाले उनले लिखित उत्तर दिन लागेकी हुन्। माको र कामुरोबारे केही वर्षदेखि सञ्चारमाध्यममा धेरै विवरणहरू प्रकाशित भएका छन्। त्यसबाट उनलाई पोस्ट-ट्रोम्याटिक स्ट्रेस डिस्अर्डर भएको यसअघि आईएचएफले जनाएको थियो। जापानमा उनीहरूको स’म्बन्ध केही वि’वादि’त बन्न पुगेको थियो।

कोमुरोसँग उनको बिहेको कुरो सन् २०१७ मा छि’निएको थियो। त्यतिबेला त्यसको एक वर्षपछि बिहे गर्ने कुरो थियो। तर कोमुरोकी आमा एउटा आर्थिक वि’वा’दमा परेको समाचार प्रकाशित भएपछि बिहे पछि सर्‍यो। कोमुरोकी आमाले पहिला उनको आफ्नै बिहे गर्न कुरा चलेका व्यक्तिसँग ऋण लिएको तर नतिरेको समाचार त्यतिबेला आएको थियो। राजदरबारले उक्त वि’वा’दका का’रण बिहे सरेको भन्ने दाबीको ख’ण्डन गरेको थियो। यद्यपि युवराज फुमिहितोले आफ्नी छोरीको बिहेअगाडि नै पैसासम्बन्धी कुरो टुङ्गिनु महत्त्वपूर्ण भएको टि’प्पणी गरेका थिए‍। बिबिसी नेपालीबाट

प्रतिकृया दिनुहोस्