Wednesday, December 8

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिको नि’धन

October 26, 2021 390

दक्षिण कोरियाका पूर्व राष्ट्रपति नो थेउको नि’ध’न भएको छ। ८८ बर्षका पूर्व राष्ट्रपति थेउ प्रत्यक्ष निर्वाचित प्रजातान्त्रिक प्रणाली अन्तरगतका उनि पहिलो राष्ट्रपतिका रुपमा चिनिन्छन। उनि सन १९८८ देखि सन १९९३ सम्म दक्षिण कोरियाका राष्ट्रपति भएका थिए। थेउले दक्षिण कोरियामा प्रजातान्त्रिकरण गर्ने कामको सुरुवात गरेको धेरैको बुझाइ रहेको छ।

केहि समयअघि देखि वि’रा’मी परेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सन १९८७ मा देशभर लोकतान्त्रिक आ’न्दोल’न सुरु भएपछि उनले जनताको मागलाई सम्बोधन गर्दै चुनाव भएको थियो। उक्त चुनावमा उनले जित हासिल गर्दै कोरियाको प्रजातान्त्रिक प्रणालीमा जनताद्वारा प्रत्यक्ष रुपमा चुनिएका उनि पहिलो राष्ट्रपति बन्न सफल भएका थिए।

उनको समयमा दक्षिण कोरियाको अर्थतन्त्र र प्रतिव्यक्ति आन्तरिक उतपादनमा बृध्दि भई दोब्बर भएको थियो। उनकै समयमा कोरियाले सन १९८८ मा समर ओलम्पिक सफलतापूर्वा आयोजना गरेको थियो। सन १९९१ मा दक्षिण र उत्तर कोरिया दुबैले संयुक्त राष्ट्र संघको सदश्यता लिएका थिए। उनले त्यसबेलाको सोभियत युनियन र चिनसँग सन १९९० र १९९२ मा अन्तराष्ट्रिय सम्बन्ध स्थापित गरेका थिए।

सन १९९६ मा उनलाई भ्र’ष्टचा’र र १९७९ को शै’नि’क द’म’नमा दो’षि ठ’हर गरि दक्षिण पश्चिम शहर ख्वाङ्जूबाट सुरु भएको १९८० को प्रजातान्त्रिक आ’न्दोल’न द’बा’एको भन्दै १७ बर्ष जे’ल स’जा’य तोकिएको थियो। उनलाई २ सय ६० बिलियन वन ज’रि’वा’ना समेत सुनाईएको थियो। तर सन १९९७ मा त्यसबेलाका राष्ट्रपति किम योङ सामले उनको स’ज’या मा’फ गरिदिएका थिए।

प्रतिकृया दिनुहोस्