Wednesday, December 8

११ बर्षपछि कोरियामा राष्ट्रपति चढ्ने प्लेन परिवर्तन हुँदै, कस्तो सुविधा छ नयाँ प्लेनमा जानौं

October 28, 2021 352

दक्षिण कोरियाको राष्ट्रपति चढ्ने प्लेन जसलाई कोड वान भनेर चिनिन्छ उक्त प्लेन ११ बर्षपछी परिवर्तन हुने भएको छ। कोरियाको स्थानिय संचार माध्यमहरुले जानकारी दिएअनुसार अब यहाँका राष्ट्रपतिले बोइङ ७४७-८i मोडलको जहाज चढ्नेछन। नयाँ जहाज अर्को महिनाबाट राष्ट्रपतिको सेवामा लगाईनेछ।

यसअघि दक्षिण कोरियाका राष्ट्रपतिका लागि बोइङ ७४७-४०० मोडलको जहाजले सेवा दिइरहेको थियो। आउँदो हप्ता कोरियाका वर्तमान राष्ट्रपति मुन जे इनलाई युरोपियन ३ देशको भ्रमणमा लगेपछि अहिलेको बोइङ ७४७-४०० जहाजले राष्ट्रपतिको सेवाबाट अवकास लिनेछ। त्यसपछि भने नयाँ ज’हाज प्रयोगमा ल्याइनेछ।

अहिले प्रयोग भइरहेको जहाजले दक्षिण कोरियाका प्रमुख अर्थात राष्ट्रपतिलाई गत ११ बर्षदेखि विभिन्न स्थानमा उडाउँदै आइरहेको थियो।  अब अक्टोबर २८ तारिखबाट मुन जे इनको इटालीको रोम, युकेको ग्लासगो तथा हङ्गेरीको बुडापेस्टको फ्ला’इट सकिएपछि अहिले चालु बोइङ ७४७-४०० मोडलले वि’श्राम लिनेछ।

सन २००१ मा बनेको बोइङ ७४७-४०० मोडलले सन २०१० बाट कोरियन एअरसँगको ५ बर्षको स’म्झौ’तामा दक्षिण कोरियाको राष्ट्रपतिको निजी विमानका रुपमा काम सुरु गरेको थियो। पछि सन २०१५ र गत बर्ष यो लि’जको समयावधि थप गरिएको थियो। प्रयोगमा आउन लागेको नयाँ प्लेन ठूला प्लेनहरुमध्येकै धेरै स्पिड भएको प्लेनमा पर्दछ। यो आकारमा अन्यभन्दा ठू’लो हुनुका साथै छिटो उड्ने क्ष’मता राख्दछ।

कोरियाको राष्ट्रिय सु’र’क्षा मन्त्रालयले गत बर्ष नै नयाँ जहाजका लागि स’म्झौता गरेसँगै राष्ट्रपतिले चढ्ने यो प्लेन बोइङ ७४७-८आई ४०० मोडलको सुरक्षा तथा सन्चार उपकरणहरुको स्तो’रन्नती गरिएको थियो। जहाजको बाहिरी आवर’ण पनि नयाँ पेन्ट गरिसकिएको तथा भित्री भागमा राष्ट्रपतिको अफिस, बेडरुम तथा स्टाफ क्वाटरहरु समेत बनाईसकिएको छ। अर्को महिनाबाट सेवा सुचारु हुने नयाँ जहाजका लागि कोरियन सरकारले ५ बर्षको स’म्झौ’ता गरेको छ।

प्रतिकृया दिनुहोस्