Wednesday, December 8

कोरिया जाने प्रकृया आज बाट सुचारु, ४८ जना कामदार आज कोरियातर्फ प्रस्थान गर्दै

October 27, 2021 640

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन्। लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन्। को’रो’ना म’हामा’रीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन्। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार को’रो’ना म’हामा’री कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सु’र’क्षा मन्त्रालयले जनाएको छ ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बि’दाइ गर्ने कार्यक्रम छ। कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ। कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ। पहिलो चरणमा कमिटेड श्रमिक लैजाने र क्रमिक रुपमा भाषा परीक्षा पास गरि सम्पुर्ण प्रक्रिया पुरा गरेका श्रमिकहरु लैजाने दक्षिण काेरियाले नेपाल समक्ष प्रतिबद्धता जनाएको छ।

प्रतिकृया दिनुहोस्