Tuesday, June 22

लक्ष्मी लघुवित्तको लोभलाग्दो प्रगती, हेर्नुस कति पुग्यो इपिएस

January 24, 2021 469

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड (LLBS) ले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक रिपोर्ट निकालेको छ जसमा कम्पनीको खुद नाफा २७.५१ प्रतिशतले बढेको देखिन्छ। कम्पनीले निकाले रिपोर्टअनुसार खुद नाफा बढेर ९ करोड ४ लाख पुगेको छ जुन नाफा गत आर्थिक बर्षको यसै त्रैमासमा ७ करोड ८ लाख रुपैयाँ मात्र थियो।

लघुवित्तको सापटी ३७.७२ प्रतिशतले बढेर ३ अर्ब २९ करोड पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको यसै त्रैमासमा २ अर्ब ३९ करोड रहेको थियो। कम्पनीको ऋण लगानी पनि २७.१० प्रतिशतले बढेर ५ अर्ब ५० करोड पुगेको छ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड (LLBS) को प्रमुख आम्दानी हुने बिजनेश खुद ब्याज आम्दानीमा समेत २२.८९ प्रतिशतको बृध्दि देखिन्छ। खुद ब्याज आम्दानी २२ करोड ३९ लाख पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको यसै त्रैमासमा १८ करोड २२ लाख मात्र रहेको थियो।

कम्पनीको चुक्ता पुँजी बढे ३२ करोड रुपैयाँ पुगेको छ भने रिजर्भमा २६ करोड ३३ लाख रुपैयाँ जम्मा भइसकेको छ। कम्पनीको रिजर्भ गत आर्थिक बर्षको यसै त्रैमासभन्दा २६.३३ प्रतिशतले बढेको हो। कम्पनीको खुद ब्याज आम्दानी, खुद नाफा, रिजर्भ बढ्नुले समग्र अवस्था राम्रो हुँदै गएको संकेत गर्दछ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड (LLBS) को यस त्रैमासमा प्रति सेयर आम्दानी (EPS) ५६ रुपैयाँ ४९ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १८२ रुपैयाँ २८ पैसा रहेको छ। कम्पनीको पिइ रेसियो २६.३८ रहेको छ।

प्रतिकृया दिनुहोस्