Wednesday, December 8

उत्तर कोरियामा भोकम’री, आफ्ना नागरिकलाई कम खान निर्देशन

October 29, 2021 409

११ कार्तिक, प्योङयाङ । उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको छ । सन् २०२५ मा चीनसँगको सिमा नखुल्दासम्म उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई थोरै खान निर्देशन दिएको हो। खाद्य अ’भावबाट उत्तर कोरिया नराम्रोसँग प्र’भावित छ । अभावका कारण पर्याप्त खान नपाउँदा केही मानिसहरु भो’कम’रीको च’पेटामा परेका छन् ।

को’भि’ड म’हामा’री फै’लिएपछि उत्तर कोरियाले सन् २०२० को जनवरीदेखि चीनसँगको सीमा बन्द गरेको थियो । सीमा ब’न्दपछि देशको अर्थतन्त्रमा ग’म्भी’र अ’सर गरेको छ । उत्पादनभन्दा माग बढेकोले दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ ।

सन् २०२५ अगाडि चीनसँगको सीमा खुल्ने सम्भावना न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन्। ‘उत्तर कोरियामा खाद्य सामाग्रीको च’रम अ’भाव छ । यही बेला सरकारले हामीलाई अझै चार वर्ष थोरै खान उर्दी जारी गरेको छ ।’ सरकारी अधिकारीहरुको निर्देशनपछि नि’राश बनेका एक सर्वसाधरणले भने।

सम’स्याका बाबजूद उत्तर कोरियाली नेता किम जोङ उनले विश्वबाट नै ए’क्लिँदै गएको देशलाई आत्मनिर्भर हुन जोड दिँदै आएका छन्। यही जुलाईमा पार्टीको केन्द्रीय कमिटीको वैठकले सर्वसाधरणलाई जमिन खाली नराख्न र उत्पादन बृद्धि गर्न आग्रह गरेको थियो। राष्ट्रसंघको खाद्य तथा कृषि सं’गठनले उत्तर कोरियामा यो वर्ष ८ लाख ६० हजार टन खाद्यन्न आवश्यक रहेको जनाएको थियो । को’भि’ड सं’क्रम’णले बाहिरी मुलुकबाट खाद्यन्न आयात हुन नसक्दा झनै अ’भा’व बढेको उसले जनाएको थियो ।

प्रतिकृया दिनुहोस्