Wednesday, December 8

बहिनीलाई बिएससी नर्शिङ पढाउने पठाओ राइडर सुनिलको सपना टिप्परले पार्यो चक’नाचुर

October 30, 2021 148

आफ्नै हातले पकाएको खाना खाएर निस्किएका दाजु बितेको त्यो अक’ल्पनीय खबर बहिनीका लागि आफैंमा पी’डादायी थियो। साथमा त्यो घटनाले उनको बिएससी नर्सिङ पढ्ने सपना पनि भताभुंग पारिदिएको छ। बहिनीलाई नर्सिङ पढाउने चाहना निम्ति सं’घर्ष गरिरहेका सुनिलका पाइला एकै रातमा रोकिए, सधैंका लागि। अब छोरी एक्लै काठमाडौं बसेर पढ्लिन् वा नपढ्लिन् भन्नेबारे अहिले नै सोच्ने र भन्ने अवस्थामा छैनन् प्रेमचन्द्र।

प्र’हरीका अनुसार त्यस रात सुनिल पछाडि यात्रु लिएर ललितपुर, टिकाथली हिँडेका थिए। सवा १० बजे सिनामंगल चोकमा टिपरले मोटरसाइकललाई ठ’क्क’र दिएको खबर गौशाखा वृत्तमा पुगेको थियो। वाकीटकीमै घट’नाको सूचना पछ्याउँदै वृत्तको एयरपोर्टस्थित सिआरभी भ्यान सिनामंगल चोक पुग्यो। त्यहाँ सुनिल र उनीसँग रहेका यात्रु रामेछाप, दोरम्बा घर भई ललितपुर, टिकाथली बस्ने ३० वर्षीय अमर पहारी ढलिरहेका थिए।

मोटरसाइकल, चालक र यात्रु तीनतिर थिए, टिपर गायब। सुनिल अत्य’न्त ग’म्भीर थिए भने पहारी छटपटाइरहेका थिए। दुवैलाई उठाएर प्र’हरीले काठमाडौं मेडिकल कलेजको सिनामंगलमै रहेको अ’स्पताल पुर्‍याए। ‘बिहीबार बिहानै सुनिलको उपचार क्रममा मृ’त्यु भयो,’ वृत्तका प्रमुख प्र’हरी नायब उपरीक्षक केशव भट्टराईले भने, ‘घा’इतेको उ’पचार भइरहेको छ, उहाँको खुट्टा भाँ’चिएको छ।’ भट्टराईका अनुसार टिपर कोटेश्वरतर्फ गइरहेको थियो। त्यही दिशामा गइरहेको मोटरसाइकललाई टिपरले ओ’भरटेक गरेको थियो।

‘ओभ’रटेक गर्ने क्रममा टिपरको पछाडिको भागले मोटरसाइकललाई ठ’क्कर दिएको देखिएको छ,’ भट्टराईले भने, ‘ठाउँ साँघुरो भएकाले हो वा पेल्दै लगेर ठ’क्कर दिएको हो, हामी अनु’सन्धान गरिरहेका छौं।’ ठक्क’र दिएपछि टिपर चालक रो’किएनन्। बा४ख ८७२५ नम्बरको टिपर हुँइक्याएर चालक कोटेश्वर पुगिसकेका थिए। ‘कोटेश्वरबाट टिपर समातेर ल्यायौं, चालकलाई नि’यन्त्रणमा राखेर सवारी ज्यानअन्तर्गतको मु’द्दामा अ’नुसन्धान गरिरहेका छौं,’ उनले भने।

आफ्नो सपना पूरा गर्न रातदिन काम गरिरहेका सुनिल बि’तेको खबरले बहिनी सम्हा’लिन सकेकी छैनन्। एक्लो छोरा बि’तेको खबरले उनकी आमा अर्धबे’होसी अवस्थामा छिन्। अविवाहित जवान दाजुको मृ’त्युको खबर बहिनी आफैंले घरमा पुर्‍याएकी थिइन्। त्यसपछि बाबु प्रेमचन्द्र बिहीबार बिहानै श्रीमतीलाई लिएर पर्साबाट गाडी चढेका थिए।

‘साँझ ५ बजे आइपुगेका थियौं, त्यसपछि अस्पताल गयौं,’ प्रेमचन्द्रले भने।उनका अनुसार सुनिल र छोरी दसैंमा घर गएका थिएनन्। दाजु-बहिनीले तिहारमा घर गएर भाइटीका मनाउने योजना बनाएका थिए। ‘१७ गते आइपुग्छौं भनेका थिए,’ प्रेमचन्द्रले भने। यस बेलासम्म उनका आँखा टिपपिल भइसकेका थिए। ओठबाट स्पष्ट आवाज निस्किन छाडेको थियो।काठमाडौंमा रातबिरात, दिउँसै पनि टिपरको आ’तंक छ। अनि’यन्त्रित र तीव्र गतिमा हु’इँक्याइने टिपरका कारण सुनिलजस्ता सपना बोकेका धेरैको ज्यान राजधानीमा गइसकेको छ।

सुनिलको श’व पो’ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। पोष्टमा’र्टम सकिएपछि मात्रै दा’हसंस्कारका लागि श’व आफन्तको जिम्मा लगाइने डिएसपी भट्टराईले बताए। भट्टराईका अनुसार पठाओमा दर्ता हुँदा मोटरसाइकलको बिमा गरिएको पाइएको छ। दुर्घ’टनामा मृ’त्यु भए पाँच लाख रूपैयाँसम्म पीडित परिवारलाई उपलब्ध गराइन्छ।

यसबाहेक टिपर चालकलाई सवारी ज्यानसम्बन्धी मुद्दामा का’रबाही हुन्छ। ‘हामी अनुसन्धान गरिरहेका छौं, कसुर हेरेर अधिकतम सजायका लागि अपिल गर्दछौं,’ भट्टराईले भने। प्रहरीले घट नास्थलको मु’चुल्का प्र’तिवेदन राखेको छ। शुक्रबार प्रेमचन्द्रले वृत्तमा सवारी ज्यानमुद्दामा जाहेरी दिएपछि घटनाको अनुसन्धान अघि बढेको भट्टराईले बताए। ‘दुर्घ’टना भएर पठाओ राइडरको मृ’त्यु भएको यो पहिलो घ’टना भएको बुझिन आएको छ,’ भट्टराईले भने।

प्रतिकृया दिनुहोस्