Wednesday, December 8

कोरियामा अब हप्तामा ४ दिन मात्रै काम?

October 30, 2021 1724

दक्षिण कोरियामा अहिले हप्तामा काम गर्ने दिन जम्मा ४ दिनमात्र बनाउने कि भन्ने बिषयमा बहस हुन थालेको छ। आउँदो मार्च महिनामा हुने राष्ट्रपतिको निर्वाचन अघि राजनैतिक सर्कलभित्र यस विषयले प्रवेश पाएको छ। यसअघि पनि चालू बर्षको सुरुवात तिर सउल महानगर पालिकाको मेयर पदको अन्तरिम चुनाबका क्रममा समेत यस बिषयले चर्चा पाएको थियो।

अहिले हप्तामा काम गर्ने दिन ४ मात्र बनाउने कुरा कोरियाको स्थानिय सन्चार संस्था जेटिबिसिले बुधबार प्रसाशरण गरेको रिपोर्टपछि पुन चर्चामा आएको हो। जेटिबिसीले आफ्नो रिपोर्टमा लिबरल डेमोक्रेटिक पार्टीका तर्फबाट आउँदो राष्ट्रपति चुनावका उम्मेदवार लि जे म्यङले हप्तामा काम गर्ने दिन छोट्याई ४ दिनमा झार्ने मनसाय राखेको कुरा समावेश गरेको थियो। राष्ट्रपतिका उम्मेदवार लिले भनेका छन -“हामीले कुनै न कुनै दिन हप्तामा ४ दिनमात्रै काम गर्ने सिस्टम लागू गर्नुपर्छ जसले गर्दा हाम्रो दैनिक जीवन सहज र काम गर्ने अवधि छोटो हुन्छ।” उनि ख्यङ्गीदो प्रदेशका गभर्नर हुँदा ट्रायलका रुपमा स्थानिय कम्पनीमा ४ दिने काम गर्ने सिस्टमको सुरुवात गरेका थिए।

लिको यो कुरामा धेरै क्षेत्रबाट नकारात्मक प्रतिकृया आएपछि उनि केहि पछि भने हटेका थिए। खोयाङमा रहेको एक रोबोट कम्पनी भ्रमणका बेला उनले पत्रकारहरुलाई आफूले ४ दिने काम गर्ने योजना अहिले नै अर्थात राष्ट्रपतिमा बिजय हुने बितिकै लागू गर्ने भनेर नभनेको तर विस्तारै यहि योजनामा हामी जानुपर्ने उनले बताएका थिए। अहिले श्रम बजारमा देखिएका अधिकांस समस्याको समाधानका लागि कुनै न कुनै दिन हप्तामा ४ दिनमात्रै काम गर्ने पद्दति अनुसरण गर्नुपर्ने कुरा उनले बताएका थिए।

सत्तासिन पार्टिका राष्ट्रपतिका उम्मेदवारले भनेका छन ४ दिने यो सिस्टम अहिले नै लागू गर्ने कुरा धेरै छिटो हुन सक्छ तर यदि आफू राष्ट्रपतिमा निर्वाचित भएको खण्डमा यो विषयलाई तुरुन्तै राष्ट्रिय पोलिसिका रुपमा उठाउने बताएका छन। तर प्रमुख प्रतिपक्षी पिपल पावर पार्टीका नेता लि जुन सुकले उनको यो भनाईको खण्डन गरेका छन। उनले भनेका छन यदि ४ दिने काम गर्ने योजना ल्याईने हो भने कामदारको ज्याला घट्ने तथा धेरैले रोजगार गुमाउने छन जसले श्रम बजार नै बिथोलिन सक्दछ।

प्रतिकृया दिनुहोस्