Wednesday, December 8

रिट दर्ता गर्न सर्वोच्च पुगेका झन्डै ४० वकिलहरुलाई प्रहरीले लखेटेर माइतीघर पुर्‍यायो

October 31, 2021 79

काठमाडौं : बन्दी प्रत्यक्षीकरणलगायतका रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेका कानुन व्यवसायी र सर्वसाधरणलाई प्रहरीले लखेटेको छ। प्रहरीले करिब ४० जना कानुन व्यवसायीसहित सर्वसाधारणहरुलाई लखेटेर माइतीघर पुर्‍’याएको छ।

अधिवक्ता स्वागत नेपालले रिट दर्ता गर्न सर्वोच्च पुगेका सेवाग्राहीहरुलाई प्रहरीले लखेटेको जानकारी दिए। उनले भने,’ झन्डै ४० जनालाई लखेटेर माइतीघरतिर पुर्याएको छ।’

उनीहरुले इजलास बन्द गर्न नहुने र न्यायाधीशहरुले सर्वसाधारणको समस्या बुझेर काम फर्किनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आइतबारदेखि कानुन व्यवसायीहरु समेत आ’न्दोलित भएका छन्। उनीहरु हातमा कालो र सेतो पट्टी बाँधेर विरोधमा उत्रिएका छन्।यता केही कानुन व्यवसायीहरु भने इजलास सुचारुको माग गर्दै आ’न्दोलित छन्।

विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि १२ इजलास तोकेका छन्। प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका हुन्। ती इजलासमा २४८ थान मु’द्दा सुनुवाइका लागि पेश भएका छन्।

तर इजलास तोकिए पनि बस्ने/नबस्ने अन्योल भने कायमै छ। प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास प्रभावित हुँदै आएको छ। गत मंगलबारदेखि इजलास बहि¥ष्कार गर्दै सर्वोच्चकै न्यायाधीशहरु आ’न्दोलित भएका छन्।

उनीहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन्। यता, कानुन व्यवसायीहरु पनि जबराको राजीनामा माग गर्दै बसह बहि’ष्कार गरेका छन्। उनीहरुले आइतबारदेखि आ’न्दोलनका कार्यक्रम सुरु गरेका छन्। यसैक्रममा उनीहरुले हातमा कालो र सेटो पट्टी बाँधेर प्रधानन्यायाधीशविरु’द्ध वि’रो’ध’मा उत्रिएका छन्।

प्रतिकृया दिनुहोस्