Tuesday, May 24

करिब आधा घण्टा सेवा अवरुध्द हुँदा कोरियामा केटी टेलिकमले ग्राहकलाई ४० अर्ब क्षतिपूर्ति तिर्दै

November 2, 2021 1444

केहि दिन अघि दक्षिण कोरियाको टेलिकम्युनिकेशन संस्था केटी टेलिकमको सेवा अ’वरुध्द हुन पुगेको थियो। सेवा अव’रुध्द हुँदा ग्राहकहरुलाई हुन पुगेको क्ष’तिस्वरुप टेलिकमले करिब ४० अर्ब कोरियन वन क्ष’तिपूर्ति तिर्ने भएको छ। गत अक्टोबर २५ तारिखमा यसको तार जडित तथा ताररहित सेवाहरु करिब ३० मिनेट अ’वरुध्द हुन पुगेको थियो।

केटिले क्ष’तिपूर्ति सम्बन्धि ब्रिफीङ गर्दै सोमबार भनेको छ राउटिङ इ’ररका कारण टेलिकमको सेवा विहान ११ बजेर २० मिनेटदेखि करिब १२ बजेसम्म अ’वरुध्द हुन पुगेको थियो। करिब दिउँसो १२ बज्दा कम्पनीले आफ्ना धेरै जस्तो सेवाहरु सुचारु गर्न सफल भइसकेको थियो भने केहि सेवाहरु अझ केहिबेर अव’रुध्द नै हुन पुगेका थिए।

केटि टेलिकमका अनुसार सेवा अव’रुध्द हुन पुगेको समयको १० गुणा बढि क्ष’तिपूर्ति आफूहरुले ग्राहकहरुलाई दिन लागेको हो। साना व्यवसायहरु जसले यो टेलिकमको सेवा लिइरहेका थिए उनिहरुले करिब १० दिन बराबरको क्ष’तिपूर्ति लिन सक्नेछन। यस्ता व्यवसायहरुले प्रयोग गरेका डिभाइसहरु जसलाई टेलिकमको इन्टरनेट सेवासँग आवध्द गरिएको थियो जस्तै कार्ड पेमेन्ट सिस्टम इत्यादि।

क्ष’तिपूर्ति सम्बन्धि योजना अघि सार्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई सेवा तथा सुविधामा छुट दिएर पूरा गर्ने बताएको छ। उदाहर०का लागि नोभेम्बर महिनामा बुझाउनुपर्ने बिल रकम डिसेम्बरमा बुझाउनुपर्ने हुन सक्दछ। त्यसै गरि यस सम्बन्धि गुनासा तथा समस्या समाधानका लागि टेलिकमले २ हप्ताका लागि छुट्टै कल सेन्टर सन्चालन समेत गर्ने भएको छ।

केटि टेलिकमको नेटवर्क अ’वरुध्द हुन पुग्दा यसका ग्राहकहरुले विभिन्न सम’स्या भोग्नुपरेको थियो। सेयर कारोबार गर्नेहरुले गर्न पाएका थिएनन भने रेष्टुरेन्टहरुमा कार्डबाट बिल तिर्नेहरुले समेत सम’स्या भोगेका थिए। त्यसैगरी अनलाईन बिजनेसहरुले अर्डर लिन सकेका थिएनन भने ट्याक्सी ड्राइभरहरुले समेत नेभिगेसन तथा फोनकलमा सम’स्या भोगेका थिए।

प्रतिकृया दिनुहोस्