Wednesday, December 8

जापान प्रवेश गर्न दिने निर्णय यसै साता हुने, विध्यार्थि देखि व्यवसायीलाई खुल्न सक्ने

November 2, 2021 149

टोकियो,जापान। जापानले छोटो अवधिको यात्रा गर्नेहरूको लागि क्वा’रिन्टिन अवधि घ’टाउने नियम सहित विद्यार्थी, व्यवसायी लगायत भिषामा प्रवेश खुलाउने तयारी गरेको छ। जापानले आफ्नो क’डा को’रोना भा’इ’रस सम्बन्धि प्रवेश नि’यमहरू सहज बनाउँदै विदेशीहरूलाई प्रवेश खुलाउने तयारी गरेको हो। जसमा छोटो व्यापार यात्रा, अन्तर्राष्ट्रिय विद्यार्थी र प्राविधिक प्रशिक्षणको लागि आउने विदेशीहरुको लागि प्रवेश खुलाउन लागेको छ। पहिलो चरणमा पर्यटकहरूलाई प्रवेश दिने विषय समावेश गरिएको छैन। सरकारले यही साताभित्र नी’तिगत परिवर्तन घोषणा गर्ने र कार्या’न्वयन यसै महिनाबाट सुरु गर्ने अपेक्षा गरिएको छ।

ग्रीष्ममा नयाँ को’रोना सं’क्रम’णका घ’ट नाहरु किर्तिमानी संख्याबाट उल्लेख्य सुधार भएसँगै, जापानले विदेशीहरूमाथिको प्रवेश प्र’तिबन्धलाई क्रमशः खुकु’लो बनाउने लक्ष्य राखेको छ। जुन व्यवसायहरूमा बढ्दो नि’राशाको स्रोत पनि बन्दै आएको छ। जापानको शीर्ष व्यापारिक समु’ह केईदानरेनले सरकारलाई निरन्तर दवा’व दिएपछि लचिलो नीति सहित सरकारले व्यवसायिहरुको प्रवेश खुलाउन लागेको हो। छोटो अवधिका व्यवसायिक यात्रुहरूका लागि क्वा’रेन्टाइन आवश्यकता अब १० दिनबाट खो’प लगाइएका आगन्तुकहरूका लागि तीन दिनसम्म घटा’इनेछ। विदेशी नागरिकलाई भ्रमणमा बोलाउने कम्पनी र संस्थाहरूले उनीहरूको ग’तिविधिको अ’नुगमन गर्न आवश्यक हुनेछ।

छोटो क्वारे’न्टाइन आवश्यकता विदेश भ्रमणबाट फर्केका जापानी नागरिकहरूमा पनि लागू हुनेछ। जापानले जनवरीमा को’भि’ड सं’क्रम’ण बढेपछि जापान प्रवेशमा थप क’डाई गरेको थियो। जुन समयमा सं’क्राम’क को’रोना भा’इरस भेरियन्टहरू फै’न पुगेको थियो। त्यस यता जापानले असा’धारण परिस्थितिमा परेका विदेशीहरूलाई बाहेक केवल पुन प्रवेश अनुमति भएका र जापानी नागरिकका पति, पत्नी र छोराछोरीहरूलाई प्रवेश अनुमति दिंदै आएको छ।

अक्टोबर १ सम्म, कडा सीमा नियन्त्रणका कारण लगभग ३ लाख ७० हजार विदेशी विद्यार्थीहरू जापान आउन असमर्थ भएर रोकिएका छन्। जसमध्ये लगभग ७० प्रतिशत प्राविधिक इन्टर्न र विदेशी विद्यार्थीहरू थिए। कृषि, वन र मत्स्यपालन क्षेत्रहरू जसले श्रमिक अ’भाव झे’लिरहेका छन् र विदेशी विद्यार्थीहरूलाई स्वीकार गर्दै आएका विद्यालयहरूले नयाँ आगमनलाई अनुमति दिन निरन्तर आह्वान गरेका छन्।
सहज नियमहरू नयाँ आगन्तुकहरू सबैमा लागू हुनेछ। कम्पनीहरू, विद्यालयहरू वा अन्य रोजगारदाता संस्थाहरूले नवआगन्तुकहरुको सं’क्रम’ण नि’य’न्त्रण उपायहरूको बारेमा सम्बन्धित सरकारी निकायमा जानकारी गराउनुपर्नेछ।

यदि नयाँ संस्करणका भा’इरस’हरु विदेशमा देखा पर्यो भने जापानले छिट्टै क’डा नि’यन्त्र’णका उपायहरु लागू गर्नसक्ने छ। अन्य देशहरू क्वा’रेन्टाइन नि’यमहरू सहज बनाउन जापान भन्दा धेरै अगाडि छन्। अक्टोबरमा यूकेले प्रायः खो’पको प्रमाणपत्र भएका मानिसहरूलाई यात्रा गर्नुअघि परीक्षण गर्न र देशमा प्रवेश गरेपछि १० दिन क्वा’रिन्टिन बस्नुपर्ने नि’यममा छुट दिएको छ। फ्रान्स र इटालीले पनि फाइजर वा अन्य खोपहरू प्राप्त गर्नेहरूलाई देश प्रवेश गरेपछि क्वारि’न्टिन छुट दिन थालेको छ।

प्रतिकृया दिनुहोस्