Wednesday, December 8

पहिलो फ्लाइटमा कोरिया पुगेका ४८ जना सबैको को’रोना रि’पोर्ट नेगेटिभ

November 4, 2021 144

को’रो’नाका कारण लामो समयपछि खुलेको इपिएस अन्तरगत नेपाली कामदारहरु कोरिया पठाउने प्रकृयामा गत कार्तिक १० गते साँझ काठमाण्डौबाट दक्षिण कोरिया प्रस्थान गरेका ४८ जना कमिटेड कामदारहरुको कोरियामा गरिएको दोश्रो को’रो’ना प’रिक्ष’ण पनि सफल भएको छ। दक्षिण कोरियामा गरिएको दोश्रो प’रिक्ष’णमा पनि ४८ जना नै कामदारको रि’पोर्ट ने’गेटि’भ आएको हो।

कोरियामा उनिहरुलाई क्वा’रेन्टि’नमा राखिएको थियो। होटल क्वा’रेन्टि’नमा हिजो गरिएको प’रीक्ष’णका क्रममा सबैको रि’पो’र्ट नेगे’टिभ आएको खबर प्राप्त भएको छ। यो खबरले नेपाली कामदार कोरिया प्रवेश गराउने प्रकृयालाई थप सहजता प्रदान गरेको नेपालमा रो’किएर बसेका इपिएस भाषा पास गरेकाहरुको बुझाई रहेको छ।

नेपालबाट दक्षिण कोरियाले दोश्रो फ्लाईटमा आगामी नोभेम्बर २४ तारिखमा थप ५० जना इपिएस कामदारलाई लैजाने कार्यक्रम तय भएको छ। ति कामदारहरुलाई कोरिया उड्नु अघि नेपालमै ७ दिन क्वारेन्टिन राखिने गरिएको छ। लामो समयको पर्खाईपछि कोरियाले नेपालबाट कामदार लैजान सुरु गरेकाले थप सा’बधानी अपनाई कामदारहरुलाई कोरिया पठाईने गरिएको छ।

दक्षिण कोरियालाई बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्यका रुपमा लिने गरिन्छ। कोरियामा अहिले पनि ४० हजारभन्दा माथि नेपालीहरु रहेका छन। नेपालमा अहिले कोरिया भाषा पास गरि अन्य प्रकृया पूरा गरि कोरिया प्रस्थान गर्न तयार रहेका करिब १० हजार कामदारहर रहेका छन।

सन् २०२० देखि रोकिएको कोरिया रोजगारी सुचारु गर्न नेपालले पटकप’टक आ’ग्रह गर्दै आए पनि कोरियाले यसअघि काठमाडौं–सिओल सिधा हवाई उडान हुनुपर्ने, नेपाली कामदार अ’निवार्य १४ दिन क्वा’रेन्टि’नमा बस्नुपर्ने र त्यसको ख’र्च कामदारले बेहो’र्नुपर्ने स’र्त राखेको थियो। यि सबै सर्तहरु नेपाली पक्षबाट पूरा भएपछि कमिटेड कामदारलाई प्राथमिकता दिँदै कोरियाले नेपालबाट कामदार लैजान सुरु गरेको थियो।

प्रतिकृया दिनुहोस्