Monday, May 23

कोरियामा जन्मदर अहिलेसम्मकै सबैभन्दा कम हुँदा समेत एउटा शहर जहाँ भटाभट बच्चा जन्मिरहेका छन, यस्तो किन?

November 5, 2021 465

सेजोङ, दक्षिण कोरिया। दक्षिण कोरियाको जन्मदर हरेक बर्ष रेकर्ड ब्रे’क गर्दै सबैभन्दा कम विन्दुमा झ’रिरहेको अवस्था छ। गत बर्ष यहाँ २ लाख ७२ हजार ३ सय बच्चा जन्मिएका थिए जुन अघिल्लो बर्षको तुलनामा करिब १० प्रतिशतले कम हो। कोरियाको कुल जन्मदर अर्थात एउटा महिलाले जन्माउने औषत बच्चा संख्या ०.८४ रहेको छ जुन विश्वमै स’बैभन्दा कम हो।

दक्षिण कोरिया विश्वकै अधिक कमाई हुने अर्थतन्त्र भएका मुलुकहरुको सं’गठन ओइसिडी देशहरुमध्ये कुल ज’न्मदर १ भन्दा तल भएको एकमात्र मुलुक हो। यो बर्ष मात्रै दक्षिण कोरियाको सरकारले जन्मदर बढाउनकै लागि ३६ ट्रिलियन वन खर्च गरेको छ। तर सरकारको यो प्रयास पनि सफल हुन सकिरहेको देखिँदैन। कोरियनहरु तत्कालै ब’च्चा जन्माउने मनस्थि’तिमा नरहेको तथ्याङ्कले देखाउँदछ।

तर कोरियाभित्रै एउटा यस्तो शहर रहेको छ जहाँ देशको यो स्थितीभन्दा फरक छ। केहि समयअघि मात्रै बनाइएको नयाँ शहर जसको मा’तृदर गत बर्ष १.२८ रहेको थियो। यो दर राजधानी सउलको भन्दा दोब्बर हो। सउलको कुल मा’तृदर ०.६४ मात्र रहेको छ। सेजोङ शहरको मातृदर ओसिडिसी देशहरुको औषतसँग करिब नजिक नजिक रहेको पाइन्छ।

पुरै देशभन्दा सेजोङ शहरमा बढि ब’च्चा किन जन्मिरहेका छन त भन्ने जो कोहिको जिज्ञाशा हुन सक्दछ। यो शहरमा रहेका शिक्षक तथा सरकारी कर्मचारीहरुलाई ब’च्चा जन्माउन तथा हुर्काउनका लागि ३ बर्षको बिदा दिइने गरिएको छ। यति लामो बिदा अन्य प्राइभेट कम्पनीहरुमा प्राय पाउन सकिँदैन।

यस शहरका शिक्षक तथा कर्मचारीहरुलाई बच्चा हुर्काउनका लागि बिदा लिन सहज छ। पहिलो बच्चा जन्माउँदा उनिहरुलाई ३ बर्षसम्म बिदा लिन पाउने सुबिधा छ। यदि उनिहरुले ३ वटा बच्चा जन्माए भने तिनैवटाको बिदा जोडेर त्यसमा थप १ बर्षसहित १० बर्षसम्म बिदा लिन छुट छ। यति लामो बिदापछि उनिहरु काममा फर्कन पाउनेछन। उनिहरुको जागिर जानेछैन। यसरी रोजगारको सुनिश्चितता भएपछि यस शहरका मानिसहरु बच्चा जन्माउन उत्साहित भएका हुन।

प्रतिकृया दिनुहोस्