Wednesday, December 8

कोरियामा काकाओ कम्पनीले नेभर लाई जित्यो, कमायो ९ महिनामै १ सय ६८ बिलियन वन

November 6, 2021 130

दक्षिण कोरियामा प्रख्यात रहेको डिजिटल प्लाटफर्म नेभरलाई यहाँकै च्याट एप काकाओ टकले उ’छिनेको छ। यि दुबै कम्पनीले बिहिबार सम्बन्धित निकायमा बुझाएको वासलात रि’पोर्टका अनुसार सेप्टेम्बर ३० तारिखमा सकिएको चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा काकाओले नेभरको भन्दा बढि कमाई गरेको देखिएको छ।

काकाओको तेश्रो त्रैमासमा कुल सन्चालन आम्दानी दोश्रो त्रैमासको भन्दा ३.४ प्रतिशतले बढेको पाइएको छ भने अघिल्लो बर्षको यसै अवधिको तुलनामा भने ३९.९ प्रतिशतले बढेको देखिएको छ। चालु आर्थिक बर्षको पहिलो ९ महिनामै काकाओले १ सय ६२.२ बिलियन कोरियन वन आम्दानी गरिसकेको छ।

त्यसैगरी काकाओको कुल व्यवसायिक रिभेन्यू १.७४ ट्रिलियन वन पुगेको छ। यो रिभेन्यू अघिल्लो त्रैमासको भन्दा २८.७ प्रतिशतले बढि हो भने अघिल्लो बर्षको यसै त्रैमासको भन्दा ५८.२ प्रतिशतले धेरै हो। दक्षिण कोरियाको प्रख्या’त न्यूज पोर्टल कम्पनी नेभरको कुल व्यवसायिक रिभेन्यू १.७२ ट्रिलियन वनमात्र रहन पुग्यो। त्यसैगरी नेभरको खुद आम्दानी ८६६.३ बिलियन वन रह्यो।

काकाओ कम्पनीले अहिले कोरियामा मोबाईल गेम, म्युजिक, भि’डियो स्ट्रि’मिङ लगायत अन्य थुप्रै सेवाहरु सन्चालन गरिरहेको छ। काकाओले मोबाईल गे’मको ब्यापारबाट मात्रै तेश्रो त्रैमाससम्ममा ४ सय ६३ बिलियन वन कमाई गरेको छ। यसको नयाँ गेम ओडिन भालहाल्ला राइजिङ प्रख्यात भएपछि गेमबाटै काकाओले सोचेभन्दा धेरै आम्दानी गर्न सफल भएको हो।

त्यसैगरी काकाओले वेव कमिक्सको ब्यापारबाट २ सय १८ विलियन वन कमाएको छ। यसको पिक्कोमा नामक वेव कमिक्स जापानमा हिट भएपछि आम्दानी बढेको हो। काकाओले केहि समयअघि किनेको स्टोरी टेलिङ प्ला’टफर्म तापास र र्याडिसले पनि कम्पनीको आम्दानी बढाउन मदत गरेका छन।

प्रतिकृया दिनुहोस्