Wednesday, December 8

जापानले १८ वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई जनही १ लाख येन राहत बाँढ्ने

November 6, 2021 94

जापान सरकार तथा यहाँको सत्ताधारी पार्टीले १८ बर्ष वा सोभन्दा कम उमेर भएका बा’लब’च्चाहरुलाई जनही १ लाख जापानी येन आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको सन्चारमाध्यमहरुले जनाएका छन। को’रो’नाका कारण उ’त्पन्न अ’प्ठ्या’रो स्थितिको सा’मना गर्न यस्तो नगद सहयोग उपलब्ध गराउन लागिएको सम्बध्द श्रोतले जानकारी दिएको छ।

यदि सरकारको यो कार्यक्रम सोचेअनुरुप अघि बढेको खण्डमा नगद आर्थिक सहयोग उपलब्ध गराउने यो काममा अरबौं येन खर्च हुनेछ। प्रधानमन्त्री फुमिओ किसिदाले नगद रा’हत कार्यक्रम नोभेम्बरको मध्यतिर सुरु गर्न सक्ने अनुमान गरिएको छ। तर जनताको आम्दानीको अव’स्था विचार नगरी बाँढ्न लागिएको यो नगद कार्यक्रमको केहिले बि’रो’ध समेत गरेका छन।

यदि कुनै श’र्तहरु नराखिएमा यो राहत कार्यक्रमबाट करिब २ करोड बा’लबा’लिकाहरुले लाभ पाउनेछन। यसका लागि करिब २ ट्रिलियन जापानी येनको आवश्यकता पर्दछ। आफ्नो अर्थतन्त्रभन्दा करिब दोब्बर राष्ट्रिय ऋ’ण रहेको अवस्थामा यति ठूलो रकम बाँढन नहु’ने पक्षमा केहि मानिसहरुले वि’चार व्यक्त गरिरहेका छन।

त्यसैगरी सरकार तथा लिभरल डेमोक्रेटिक पा’र्टीले लिड गरेको सत्ता ग’ठबन्ध’नले ३० हजार वन जनही माइ नम्बर राष्ट्रिय कार्ड भएकाहरुलाई रा’हत उपलब्ध गराउन लागेको बताइएको छ। को’रो’नाका कारण सु’स्त बनेको राष्ट्रिय अर्थतन्त्रलाई थप गति प्रदान गर्न नागरिकहरुको उपभोग स्तर बढाउन यस्तो रकम ख’र्च गर्न लागिएको बताइएको छ।

त्यसैगरी जापान सरकारले उपलब्ध गराउन लागेको अर्को रा’हत प्याकेजअन्तरगत को’रो’नाका कारण जीवन यापनमा क’ठिनाई भएका किसान तथा माछा पालन व्यवसाय गर्नेहरुलाई प्रतिपरिवार ५० हजार येन उपलब्ध गराउने समेत रहेको छ। यस्तो राुहत रकम स साना व्यवसाय गर्नेहरु जसलाई को’रो’ना तथा कच्चा तेलको मूल्यबृ’ध्दिले अ’सर पारिरहेकव छ उनिहरुले समेत पाउने बताइएको छ।

प्रतिकृया दिनुहोस्