Wednesday, December 8

विदेशीले सबैभन्दा धेरै मन पराउने र मन नपराउने कोरियन खाना कुन रहेछ त? जानौं

November 7, 2021 332

कोरियाको के-पप, के-ड्रामा, अनि के-ब्युटिका कारण कोरियन संस्कृति र रहनसहन विश्वभर फैलिरहेको छ। कोरियन सं’स्कृति सँगसँगै कोरियन खानाहरु पनि विश्वभर प्र’ख्यात हुँदै गइरहेको छ। विश्वप्रसि’ध्द कोरियन फिल्म र ड्रामाहरुमा देखिएजस्तो कोरियन खानाहरु एकपटक खान चाहानेहरु विश्वभर धेरै नै हुने गर्दछन।

केहि समयअघि एक कोरियन नागरिकले विदेशीहरुले सबैभन्दा धेरै मन पराउने तथा मन नप’राउने कोरियन खानेकुराहरुको लिस्ट तयार पारेका छन। उनले तयार पारेको यो लिष्ट अनला’ईन क’म्युनिटीमा पोष्ट गरेका थिए जसमा अरु थुप्रै कोरियन नागरिकहरुले कमेन्टका माध्यमबाट प्रतिकृ’या दिएका थिए।

उक्त अनलाईन लिष्ट अनुसार ३४.८ प्रतिशत विदेशीहरुले कोरियाको फिबिमफाब (Bibimbap) मन पराउने गरेको पाइएको छ। यो खानेकुरा भातमा विभिन्न किसिमका तरकारी तथा धूलो खुर्सानीको सस इत्यादी हालेर तयार पारिन्छ। त्यसैगरी ३३.३ प्रतिशत विदेशीहरुले कोरियाको खानेकुरा बुलखोगी (Bulgogi) मन पराउने गरेको तथ्य फेला परेको छ। यो खानेकुरा गोरुको मासुमा सोया सस हालि तयार पारिन्छ। तेश्रो नम्मरमा विदेशीहरुले मन पराउने कोरियन परिकारमा सामगेपसाल (Samgyupsal ) परेको छ। यो खानेकुरालाई २९.९ प्रतिशत विदेशीहरुले रुचाएको देखिन्छ। यो खानेकुरा बुङ्गुरको मासुबाट तयार पारिन्छ।

विदेशी नागरिकहरुले मन पराउने कोरियन खानेकुराको चौथो नम्मरमा चिकेन परेको छ। कोरियन चिकेनको मासुको परिकारलाई १९ प्रतिशत विदेशीहरुले मन पराउने गरेको देखिएको छ। पाँचौ नम्मरमा खाल्वि विदेशीहरुलाई मन पर्ने कोरियन खानेकुरा हो। यो बङ्गुरको करङको मासुबाट तयार पारिन्छ।

अब सबैभन्दा कम मन पर्ने कोरियन खानेकुरा तर्फ थ्वेनजाङचिगे (Doenjang Jjigae) परेको छ। यो खानेकुरालाई ५.१ प्रतिशत विदेशीहरुले मात्र मन पराएका छन। कम मन पराउनेको दोश्रो नम्मरमा साम फाब (Ssam Bap) परेको छ। यसलाई ५.६ प्रतिशत विदेशीले मात्रै मन पराएका छन। त्यसैगरी ६.३ प्रतिशत विदेशीले खुक फाब (Guk Bap) लाई रुचाएका छन भने ६.४ प्रतिशत विदेशीको रोजाईमा न्यङमेन (Nengmyun) परेको छ।

प्रतिकृया दिनुहोस्