Wednesday, December 8

एउटै गगँटोले पायो ८ लाख येन मूल्य, के छ खास यसमा?

November 7, 2021 155

फुकुइ, जापान। जापानमा एउटै गँगटोले ८ लाख येन मूल्य पाएको छ। फुकुइ प्रिफेक्चरमा अवस्थित एउटा माछा मा’र्ने बन्दरगाहमा शनिवार भएको लिलामीमा उक्त हिउँ गँगटोले यति ठू’लो रकम पाएको हो। शनिवारदेखि सि अफ जापानमा जाडो महिनाका लागि माछा मार्ने सिजनको सुरुवात भएको छ।

‘किवामी’ ब्राण्डमा फुकुइ प्रिफेक्चर सरकारले बजारीकरण गरिरहेको प्राइम भाले गंगटाको यो मूल्यले अहिले सम्मकै धे’रै मूल्य पाएर रे’कर्ड बनाउन सफल भएको छ। यो गँगटालाई ८ लाख जापानि येन हालेर किन्ने ब्यक्ति स्थानिय एक रेष्टुरेन्टका मालिक रहेका छन।

स्थानिय रेष्टुरेन्टका ति मालिकले आफ्नो रेष्टुरेन्टमा आउने ग्राहको शिर ठोडो हुने भएकाले आफूले उक्त गँगटो किनेको बताएका छन। अब आफू शिर उँचो पारेर ग्राहकहरुलाई आफ्नो रेष्टुरेन्टमा स्वागत गर्न सक्छु उनले भनेका छन।

को’रो’नाको प्र’को’प अब सामान्य बन्दै गइरहेको छ। यस ठाउँमा रहेका रेष्टुरेन्टहरुले पनि अब राम्रो ब्यापार गर्न थालेका छन भन्ने मेसेज दिन चाहेको उनले बताएका छन। ‘किवामी’ ब्राण्डमा फुकुइको स्थानिय सरकारले सन २०१५ देखि नै हिँउ गँगटा वेच्न थालेको हो। यि गँगटाहरु स्थानियहरुले नै स’मा’एका हुन।

‘किवामी’ ब्राण्डका लागि तोकिएका मापद’ण्ड पूरा भएका गँगटा मात्र यसमा समावेश हुन्छन। यस ब्राण्डमा पर्नका लागि केहि खास वनावट र निश्चित तौल पुरा भएको हुनुपर्नेछ। मार्च अन्त सम्ममा कुल समातिएका गँगटाहरुमध्ये ०.०४ प्रतिशतमात्रै किवामी ब्राण्डका गँगटामा समावेश भएका थिए।

प्रतिकृया दिनुहोस्