Wednesday, December 8

कोरियामा राम्येनको भाउ १३ बर्षकै उच्च, कति पुग्यो मूल्य हेरौं

November 7, 2021 337

दक्षिण कोरियामा चाउचाउको मूल्य केहि समय यता अत्या’धिक बढेको पाइएको छ। कोरियामा राम्येन भनिने चाउचाउ गत १३ बर्ष यताकै सबैभन्दा महङ्गो भएको हो। उपभोग्य सामानहरुको मूल्यबृध्दिले मुद्रास्फिती बढाउने चि’न्ता थपिएको विश्लेषकहरुले बताएका छन।

स्टाटिक्स अफ कोरियाले दिएको डाटाअनुसार कोरियामा चाउचाउ अर्थात राम्येनको मूल्य गत बर्षको अक्टोबर यता मात्रै ११ प्रतिशतले बढिसकेको छ। यो मूल्यबृ’ध्दि सन २००९ को फेब्रुअरी यताकै सबैभन्दा उच्च रहेको बताइएको छ। सन २००९ मा एकैबर्ष राम्येनको मूल्य १४.३ प्रतिशतले बढेको थियो।

यसरी चाउचाउको मूल्यमा अ’ध्याधि’क बृ’ध्दि आउनुमा यहाँका मुख्य राम्येन निर्माता कम्पनीहरु नोङसिम तथा सामयाङ फुडले मूल्य बढाउनु हो। यि कम्पनीहरुले गत अगष्टमा आफ्ना उत्पादनहरुको मूल्य बृ’ध्दि गराएका थिए। चाउचाउ बनाउन प्रयोग हुने पिठो तथा अन्य सामाग्रीहरुको मूल्य बढेपछि आफूहरुले उत्पादनको मूल्य बढाउनुपरेको कम्पनीले जानकारी दिएका छन।

पकाउन छिटो हुनुका साथै सस्तो हुने पनि भएकाले कोरियामा राम्येन अ’त्याधिक खाने गरिन्छ। यो चाउचाउ कोरियामा मात्र नभएर विदेशमा समेत प्रख्यात रहेको छ। कोरियामा चाउचाउको खपत ठूलो मात्रामा हुने भएकाले यसको मूल्य बृ’ध्दिले मुद्रास्फि’ति गराउन सक्ने भन्दै सरकारले नजिकबाट नियालिरहेको जानकारी दिएको छ।

गएको अक्टोबर महिनामा कोरियाको दैनिक उपभोग्य वस्तुको मुल्य गत बर्षको तुलनामा ३.२ प्रतिशतले बढेको थियो। यो बृध्दि गत १० बर्षयताकै सबै’भन्दा उच्च हो। कोरियाको केन्द्रिय बैंकले अनुमान गरेभन्दा बढि मात्रामा मुद्रस्फिति देखिएको छ। यो बर्ष केन्द्रिय बैंकले २ प्रतिशतको मुद्रस्फि’ति हुने अनुमान गरेको थियो।

प्रतिकृया दिनुहोस्