Wednesday, December 8

कोरियामा विदेशीहरुका लागि जाडोका लुगा फ्रिमै बाँढिदै, अनलाईनबाटै यसरी लिनुस

November 8, 2021 2098

दक्षिण कोरियामा अहिले जाडो याम सुरु भइसकेको छ। जाडो याममा यहाँ अत्याधिक जाडो हुने गर्दछ। सबैजसो ठाउँम हिँउ पर्ने तथा बाहिरको तापक्रम माइनस डिग्रीमा झर्ने गर्दछ। जाडो महिनामा जो कोहिले तातो लुगा लगाउन पाउन भन्ने उदेश्यले यहाँको एक संस्थाले विदेशी नागरिकहरुका लागि जाडोको लुगा सित्तैमा बाँढ्ने कार्यक्रम चलाइरहेको छ।

कोरियाको सिनहान फाइनान्सियल ग्रुपको आयोजनामा कोरिया लेवर फाउण्डेशनको सहकार्यका साथै अन्य थुप्रै संघसंस्थाहरुको सहयोगमा ‘चौथो लभकोट सेयरीङ फेस्टिवल’ कोरियामा चलिरहेको छ। यो फेस्टिवल अगष्ट र नोभम्बर महिनाभर चल्ने बताइएको छ।

यस कार्यक्रमको उदेश्य कोरियामा रहेका विभिन्न देशका विदेशी नागरिकहरुलाई भेदभावको सट्टा माया दर्शाउनु हो। अहिले दक्षिण कोरियामा २० लाख विदेशी नागरिकहरु रहेका छन। कोरिया अब मल्टिकलचरल सोसाईटी भइसकेको अवस्था छ। कोरियामा रहेका कोरियन नागरिक र विभिन्न देशहरुबाट आएका विदेशी नागरिकहरु बिचको सम्बन्ध अझ प्रगाढ होस भनेर यस्तो कार्यक्रम सन्चालन गरिएको बताइएको छ।

यो फेस्टिवबाट कोरियामा रहेका विदेशी नागरिकले एक जनाले बढिमा २ वटासम्म जाडोमा लगाउने बाक्लो लुगा फ्रिमा लिन सक्नेछन। यसका लागि कार्यक्रमको वेवसाईट http://lovecoat.co.kr/coat/ मा गई आवश्यक विवरण भर्नुपर्दछ। त्यहाँ महिला र पुरुषका लागि विभिन्न किसिमका लुगाहरु रहेका छन। त्यसमध्ये आफूलाई मन पर्ने लुगा छान्न सकिन्छ।

यसरी अनलाईनबाट लुगा छानेपछि ३/४ दिनमा आफूले चाहेको ठेगानामा सामान डेलिभरी हुनेछ। एकपटक छानिसकेपछि सामान फिर्ता वा साट्न नमिल्ने भएकाले आफ्नो साईज र मनपर्ने कलर राम्रोसँग छानेर अर्डर गर्नुपर्नेछ। यसका लागि विदेशी परिचयपत्र, ठेगाना, मोबाईल नम्मर आवश्यक पर्दछ। कोरियामा रहेका विदेशी कामदार, विध्यार्थी तथा आप्रवासी जो सुकैले यो सुविधा लिन सक्नेछन।

प्रतिकृया दिनुहोस्