Tuesday, June 22

कुमारी बैंकले १ अर्बभन्दा बढि कमायो, हेर्नुस् इपिएस र नेटवर्थ कति पुग्यो?

January 25, 2021 435

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा  कुमारी बैंकले उत्कृष्ट नतिजा निकालेको छ। बैंकका सबैजसो सूचकमा तेजी आएको छ। खुद नाफामा उल्लेख्य सुधार गर्दै दोश्रो त्रैमासमै बैंक अर्बपति सूचीमा पनि उक्लिएको छ।

चालु आर्थिक बर्षको पुष मसान्तसम्म बैंकको नाफा ५१.४९% ले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष यसले ८० करोड ३० लाख ११ हजार रुपैयाँ नाफा गरेको थियो।

खुद नाफा बढे पनि बैंकको वितरण योग्य नाफा भने ३.१९% ले घटेर ६३ करोड ७५ लाख ५५ हजार रुपैयाँमा सीमित भएको छ। बैंकको खुद नाफा र सञ्चालन नाफा दुवैमा आकर्षक सुधार देखिएको छ। यसले पनि नाफा बढाउन सहयोग पुगेको हो। बैंंकको खुद ब्याज आम्दानी ३७.०१% र सञ्चालन नाफा ५३.४७% ले बढेको छ।

बैंकले केहि समय अघि मात्र देव: विकास बैंकलाई गाभेको थियो। देव लाई गाभेपछि बैंकको चुक्ता पूँजी, रिजर्भ कोष, कर्जा लगानी, निक्षेप संकलन आदि बढेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ।

प्रतिकृया दिनुहोस्