दक्षिण कोरियाको राजधानी सउलमा बुधबार विहान हिउँ परेको छ। यो सिजनको पहिलो हिउँ परेको हो। तर यस बर्ष गत बर्षभन्दा करिब १ महिना अघि नै हिउँ परेको छ। कोरियाको मौषम सम्बन्धि ए’जेन्सीले गत बर्षभन्दा करिब १ महिना अघि नै हिउँ परेको जानकारी दिएको छ।
कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेशनका अनुसार हल्का हिउँ साङवलदोङमा रहेको मौषम पुनरावक’लोकन केन्द्रमा विहान करिब ६ बजेर १० मिनेटमा देखिएको थियो। कोरिया मेटेरोलोजिकल एडमिनिष्ट्रेशनले साङवल दोङमा देखिएको यो अवलोकनलाई यस बर्षको सउलमा परेको पहिलो हिउँका रुपमा रे’कर्ड राखेको छ।
सउलमा यो बर्षको हिउँ गत बर्षको भन्दा करिब ३० दिन अघि नै परेको छ। गत बर्ष सउलमा डिसेम्बर १० तारिख परको थियो। यस बर्षको हिउँ अघिल्ला बर्षहरुको औ’षत तुलनामा १० दिन अघि परेको हो। सन १९९१ देखि सन २०२० सम्मको औषत हेर्दा राजधानी सउलमा हिउँ पर्ने समय नोभेम्बर २० रहेको छ।
कोरियाको राजधानी बाहेकका अन्य धेरै क्षेत्रहरुमा पनि हिउँ परेको बताइएको छ। यसैगरी दक्षिण कोरियाकै सबैभन्दा अग्लो पहाड हाल्लासानमा पनि यो बर्षको पहिलो हिउँ परेको छ। यो पहाड छेजुदो टापुमा रहेको छ। गत बर्ष यो टापुमा नोभेम्बर २९ तारिखमा हिउँ परेको थियो।
कोरिया मेटेरो’लोजिकल एडमिनि’ष्ट्रेशनका अनुसार छेजुदो टापुमा अवस्थित उत्से ओरुममा न्युनतम तापक्र’म माईनस ३.१ डिग्री सेल्सियस सम्म झ’रेको थियो। हाल्लासान पहाडमा यो बुधबार १ देखि ५ सेन्टिमिटरसम्म हिउँ पर्न सक्ने अ’नुमान गरिएको छ। कोरिया अन्य ठाउँहरु ख्याोनासान, दोबोङसान तथा बुखानसानमा समेत हिउँ परेको छ।
प्रतिकृया दिनुहोस्