Tuesday, September 28

चन्द्रागिरी हिल्सको आइपिओ सूचिकरण केहि दिन ढिला हुने, हेर्नुस कतिमा खुल्छ कारोबार।

January 25, 2021 731

केहि दिन अघि मात्रै आईपिओ निष्कासन गरेको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्जमा सूचीकरण हुन केही ढिला हुने भएको छ। प्रायजस्तो आईपिओ बाँडफाँड भएको १ हप्ताभित्रमा नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई कारोबार हुने गरेकोमा चन्द्रागिरी हिल्सको भने केहि समय अझ पर्खनुपर्ने देखिएको छ।

गत शुक्रबारमात्रै आईपीओ बाँडफाँड भएको चन्द्रागिरी हिल्सले चालु आर्थिक बर्षको दोश्रो त्रैमासको रिपोर्ट तयार पार्ने काम गरिरहेकाले सूचिकरण केहि दिन पर सर्ने भएको हो।चन्द्रागिरी हिल्सको सेयर नेप्सेमा सूचीकरण भएर दोस्रो बजारमा पहिलोपटक कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रु.९६.६९ देखि रु. २९०.०७ सम्म ओपनिङ रेन्ज पाउनेछ।

पुष २४ गतेबाट निष्काशन भएको यस कम्पनीको आइपिओ पुष २८ गते बन्द भएको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो जसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो।

प्रतिकृया दिनुहोस्