Wednesday, December 8

कोरियाको जिन्छन शहरले खोप नलगाएका विदेशी कामदार आफ्ना कम्पनीमा नल्याउने भनेपछि यसको चर्को बि’रोध

November 12, 2021 649

दक्षिण कोरियाको छुङछनबुक्दो प्रदेशको जिन्छन शहरको स्थानिय सरकारले आफ्ना क्षेत्रका कम्पनीहरुलाई खो’प लगाएका विदेशी कामदारमात्रै राख्न नि’र्देशन दिएपछि अहिले त्यसको च’र्को बि’रोध भइरहेको छ। बिरोध गर्नेहरुले भनेका छन जिनछन सरकारको यस्तो नि’र्देशन विदेशी नागरिकहरुमाथि गरिएको भे’दभाव हो। यसले स्थानीय कम्पनीका मालिकहरुलाई समेत फाइदा गर्दैन।

को’रो’नाका कारण विदेशी कामदार भित्राउन कोरिया सरकारले क’डाई गरेका कारण अहिले कोरियाधा सबैजसो कम्पनीहरुले कामदार अ’भावको स’मस्या भो’गिरहेका छन। जिनछन शहरको स्थानिय सरकारले गत मंगलबार एक नि’र्देशन जारी गरेको थियो। यस क्षेत्रमा विदेशी कामदारहरुमा को’रो’ना सं’क्रम’ण धेरै देखिन थालेपछि जिनछन सरकारले यस्तो निर्णय गरेको थियो।

यस क्षेत्रमा यो महिनाभित्र ६५ जना सं’क्रमि’त भएका थिए जसमध्ये ५२.३ प्रतिशत अर्थात ३४ जना विदेशी नागरिकहरु रहेका थिए। यहाँको स्थानिय सरकारले मंगलबार दिएको नि’र्देशनमा खो’प लगाएका विदेशी कामदार मात्रै आफ्ना कम्पनीमा राख्न तथा कामदारहरुलाई हरेक २ हप्तामा कोरोना प’रिक्षण गराउन भनेको थियो।

जिनछन सरकारले विदेशी नागरिकहरुमाथि भे’दभावपूर्व व्यवहार गरेको तथा को’रो’ना फै’लने अन्य कुराहरुमा ख्याल नगरेको धेरैको आ’रोप रहेको छ। कामदारहरुलाई राम्रो बस्ने व्यवस्था नगर्दा सं’क्रम’ण फैलेको हुन सक्ने धेरैको बुझाई छ। स्थानिय सरकारले यस्ता स’मस्याको समाधा’न गर्नुको सट्टा भे’दभावपूर्ण निर्देशन दिएकोमा वि’रोध भइरहेको छ।

कोरियामा साना तिना कम्पनीमा काम गर्ने कामदारहरुले खो’प लगाउनका लागि विदा समेत पाउन सकिरहेका छैनन। कम्पनीमा काम गर्ने धेरैजसो का’मदार युवा अवस्थाका भएकाले सरकारले निर्धारण गरेको खो’प तालिकामा उनिहरुको प्राथमिकता समेत पछि हुन पुग्दा खो’प लिन ढि’लाई भइरहेको छ।

प्रतिकृया दिनुहोस्