Wednesday, December 8

जापानमा नगद १ लाख येन वितरण गर्न सत्तारुढ गठबन्धन सहमत

November 10, 2021 116

जापान सरकार तथा यहाँको सत्ताधारी पार्टीले १८ बर्ष वा सोभन्दा कम उमेर भएका बा’लब’च्चाहरुलाई जनही १ लाख जापानी येन आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको सन्चारमाध्यमहरुले जनाएका छन। को’रो’नाका कारण उ’त्पन्न अ’प्ठ्या’रो स्थितिको सा’मना गर्न यस्तो नगद सहयोग उपलब्ध गराउन लागिएको सम्बध्द श्रोतले जानकारी दिएको छ। सरकारले प्रोत्साहन प्याकेजको रूपमा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई पहिलो किस्ता चाँडै नै ५० हज़ार नगद प्रदान हस्तान्तरण प्रस्ताव गर्न सहमत भएको सत्तारूढ दलका अधिकारीहरूले बताएका छन ।

गठबन्धन पार्टीका कार्यकारीहरूको बैठकमा आगामी वसन्त सम्ममा १८ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई ५० हज़ार बराबर मूल्यको भौचर दिने कुरामा पनि सहमत भएको मंगलबार अधिकारीहरूले बताएका छन । तर प्रोत्साहन लाभ प्राप्त गर्न योग्य परिवारको लागि आम्दानीको सिमितता लागू गर्ने कि नगर्ने भन्नेमा उनीहरू सहमत हुन सकेका छैनन ।

एलडीपीले प्रोत्साहन लाभ प्राप्तकर्ता परिवारहरूको लागि ९.६ मिलियन वार्षिक आयको सिमितता गर्दा आर्थिक स’मस्यामा परेकाहरूलाई फाइदाहरू प्रदान गर्न सकियोस भन्ने प्रस्ताव गरेको छ भने कोमेइतोले १८ वर्ष वा कम उमेरका सबैलाई समान रूपमा प्रोत्साहन लाभहरू उपलब्ध गराउनु पर्ने प्रस्ताव गरेको छ।

सरकारले नोभेम्बर १९ मा प्रस्तुत गर्न लागेको प्रोत्साहन प्याकेजका लागि सुझाव संकलन गर्नुअघि सत्तारुढ दलहरूले आफ़नो छलफललाई जारी राख्ने बताएका छन।

त्यसैगरी सरकार तथा लिभरल डेमोक्रेटिक पा’र्टीले लिड गरेको सत्ता ग’ठबन्ध’नले ३० हजार वन जनही माइ नम्बर राष्ट्रिय कार्ड भएकाहरुलाई रा’हत उपलब्ध गराउन लागेको बताइएको छ। को’रो’नाका कारण सु’स्त बनेको राष्ट्रिय अर्थतन्त्रलाई थप गति प्रदान गर्न नागरिकहरुको उपभोग स्तर बढाउन यस्तो रकम ख’र्च गर्न लागिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्