Wednesday, December 8

कोरियामा नेपाली चेलीले पाएको सास्ति, कस्तो हुने रहेछ त कृषितिरको काम बुझौं।

November 11, 2021 639

‘जिन्दगीमा केही गरेर देखाउँछु भन्ने सोच सानैदेखि थियो । तर, ‘प्लस टु’ मा विषय लागेपछि मेरो सपना सिसाजस्तै फु’ट्यो । आमाबुबाले सोचेजस्तो बन्न सकिनँ । मनमा वितृ’ष्णा जाग्यो । जागिर खोज्नतिर लागें । जति भौंता’रिए पनि जागिर पाइनँ । एक दिन फेसबुकमा भुलिरहेकी थिएँ, आफूसँगै पढेकी साथीले कोरियामा खिचेका राम्रा फोटोहरु पोष्ट गरेको देखें ।’

कोरियाको ‘वमन फर वमन’ मा भेटिएकी झापा घर भएकी रीता लिम्बु -नाम परिवर्तन) ले विगत सुनाउँदै भनिन्- ‘त्यस दिनदेखि मभित्र कोरियाको भु’त चढ्यो । कोरियन भाषा सिक्न थालें । पहिलोपटक फेल भएँ । दोस्रोपटक पास भएँ ।’ रीतालाई हामीले सोध्यौं- ‘तपाईले फेसबुकमा देखेको तस्वीरजस्तै रहे छ त कोरिया ?’

ओठमा बनावटी हाँसो ल्याउने प्रयास गर्दै उनले भनिन्- ‘बिहान ७ बजेदेखि राति ८ बजेसम्म कोरियाको गर्मीमा घो’प्टिएर साग टिप्नुपर्दाको पीडा न त फेसबुकमा राखेको फोटोमा देखियो, न त कोरियन भाषा सिक्न जाँदा नै यसबारे जानकारी गराइयो ।’ भाषा सिक्न जाँदाको समय स्मरण गर्दै रीताले थपिन् ‘सरले सधैं, कोरियाको शहर असाध्यै राम्रो छ, त्यहाँ कोरियन केटीहरु जस्तै हिरोइन बनेर हिँड्न पाइन्छ भन्दै राम्रा राम्रा कुराहरु मात्रै देखाउने काम गरे ।’

‘नेपालबाट यहाँ पैसा कमाउन आएपछि काम त धेरै गर्नुपर्‍यो नि होइन र ?’ यो प्रश्नमा पनि रीता सहमत देखिइनन् । उनले उल्टै प्रतिप्रश्न गरिन्- ‘हुन त हो, तर कामको पनि त सीमा हुन्छ नि । जनावरलाई जस्तै गरी दैनिक १३ घण्टा लगातार घो’प्टो परेर काम लगाउँदा कस्तो हालत होला ?’

नेपालबाट कोरिया आउँदा रीतालाई स्टेबेरी टिप्ने काम भनिएको थियो । तर, काम लगाइयो- साग टिप्ने । उनी आफ्नो कामको वर्णन गर्दै भन्छिन- ‘सुरुमा त कोरिया आएको खुशीमा जति पनि काम गर्न सक्थें । तर, बिहान ७ देखि राति ८ बजेसम्म लगातार घो’प्टिएर काम गर्दा शरीरले धान्न सकेन । अहिले घरकी न घाटकी भएर बसेकी छु ।’

घो’प्टिएर काम गर्दा ढाड र कम्मरमा सम’स्या आएपछि रीता एक महिना अ’स्पतालमा बसेर अहिले संस्थाको आश्रयमा बसेकी छिन् । ‘वमन फर वमन’ संस्थामा रीताजस्तै अरु ७/८ जना नेपाली कि’शोरीहरु भेटिए । उनीहरुमध्ये धेरैको स’मस्या उस्तै-उस्तै थिए । संस्थामै भेटिएकी सविनाको कथा पनि उस्तै रहेछ । सन् २०१५ मा टन्न पैसा कमाउने सपना देखेर सविना कोरिया आइन् । उनको घरको अवस्था ठिकै थियो । उनले बीए पास गरेकी छिन् ।

सुरुमा नेपालमै केही गर्छु भनेर उनी जागिरका लागि भाैंतारिइन् । उनी ती दिनहरु सम्झँदै भन्छिन्- ‘पाईतालामा फोका उठे, तर जागिर भेटिएन । पढेपछि सबैको आफ्नै खुट्टामा उभिने चाहाना हुन्छ । तर, हाम्रा नेताहरु पद र पैसाका ला’लचमा डु’ब्दा हामीले दुः’ख पायौं । सबिना बोल्दाबोल्दै एक्कासी रु’न थालिन् । केहीबेरमा अलिकति सम्हा’लिइन् भनिन्- ‘साथीहरुले त बाहिर गएर ठीक गरिस्, नेपालमा पढेर पनि कुनै सम्भावना छैन । फर्केर पनि के गर्छेस् ? बरु उतै बसेर कमाएर मात्र आइज भन्छन् । तर, यहाँको हालत यस्तो छ, कसलाई के भन्ने ?’

तपाईले कोरिया आएर केमा काम गर्नुभयो ? जवाफमा उनले भनिन्- ‘म कृषिमै काम गर्थें । सबै केटाहरु मात्रै थिए, म मात्र केटी । काम हेर्ने आजुमाहरु (आन्टी) हरु हुन्थे । बिहान ५ बजेदेखि राति ७ बजेसम्म घो’प्टो परेर पसिना पुछ्दै साग टिप्ने काम थियो मेरो । दुई वर्ष काम गरेर च्याउ टिप्ने काममा गएँ ।’

त्यसपछि के भयो ? ‘दुः’ख-सुख काम गरेकै थिएँ । तर, एकदिन कम्पनीले काम भएन भनेर तीन महिनाको तलबसमेत नदिई विदा गर्‍यो’ सबिना भन्छिन्, ‘कोरियनहरुलाई मान-सम्मान बढी चाहिने, हामीले भाषा सिकेरै आए पनि कतिपय कुरा मिलाएर गर्न जानिन्न । त्यसैले गर्दा उनीहरुलाई सम्मान नगरेजस्तो मानेर एकदम रि’साउँछन् । मैले पनि काम गरुन्जेल धेरै गा’ली खाएँ ।’

अर्काको ठाउँमा कहाँ जाने, कहाँ बस्ने ? कामबाट निकालिएपछि सबिना केही दिन अलपत्र परिन् । विस्तारै साथीहरुको सहयोगमा उनी संस्थाको श’रणमा आइपुगिन् । अहिले उनले ढाड, कम्मर दु’ख्ने स’मस्या भएपछि संस्थाकै सहयोगमा उ’पचार गरेर औ’षधि खाइरहेकी छन् । संस्थामा बस्ने सबैको यस्तै-यस्तै स’मस्या रहेछ । हामीले कुरा गरिरहँदा खाटमा सुतेर हाम्रो कुरा सुनिरहेकी एक जनालाई सोधियो- तपाईलाई सञ्चो छैन ?

उनी एक्कासी भक्कानिन् । छेउकै साथीले भनिन्- वहाँलाई थाईराईड क्या’न्सर भएको छ । नाम सरिता, घर परासी । उनी कोरिया पुगेको २ वर्ष भएछ । काम सबैको जस्तै नै हो, असाध्यै गा’ह्रो । काम गर्दागर्दै घाँटीमा के अ’डि्कएको जस्तो हुन्थ्यो । निल्न गाह्रो । जँ’चाउन जानलाई छुट्टी माग्दा साहुले कहिल्यै नदिने । उनी घर सम्झेर धेरै रु’न्थिन् । तर, के गर्नु ? इपीएसका नाममा कोरिया सरकारले नेपाली चेलीहरुलाई किनेर दा’स बनाउन ल्याउने पो रै’छ भन्ने उनले निश्कर्ष निकालिन् ।

न भोक लागेका बेला खान पाउनुु छ । न समयमा सुत्न नै पाउनु छ । ऐ’या-आ’त्था भनेर दुः’ख कहाँ, कसलाई पोख्ने ? सरिताले पनि नेपालमा रहँदा १२ बीए पास गरेकी रहिछन् । तर, नेपालमा कामका लागि भौं’तारिनुसम्म भाैं’तारिएपछि कुनै सीप नलागेर उनी कोरिया पुगिछन् । ‘अलिअलि गा’ह्रो हुँदै जचा’उन जान पाएको भए सायद यस्तो हुने थिएन । अब क्या’न्सर बोकेर कसरी नेपाल फर्किनु ? उनले रुँदै भनिन्, ‘हेराैं, उ’पचार यतै गर्छु, बाँ’चिएछ भने ठिकै छ, नत्र … ।’ यति भनिनसक्दै उनको आवाज घाँटीमै अड’कियो ।

कोरियामा इपीएसबाट आएका धेरै नेपालीहरुले राम्रो काम गरेर टन्न पैसा कमाएका पनि होलान् । इपीएसबाट कोरिया जानेले दु’ख मात्रै पाउँछन् भन्ने पनि होइन, तर नेपालमै केही गर्छु भन्नेहरुका लागि रोजगारीको उपयुक्त माध्यम नहुँदा धेरै युवायुवतीले विदेश विभिन्नखालका स’मस्या झे’ल्न बा’ध्य हुनुपरेको प्रमाण हुन् यी घ’टना । विद्यार्थी भिसादेखि बिजनेस भिसासम्म

अनौपचारिक तथ्यांक अनुसार कोरियामा ३५ हजार इपीएसबाट आएका नेपाली कामदारहरु कार्यरत छन् । यीमध्ये १५ प्रतिशत महिला छन् । त्यसैगरी विद्यार्थी भिसामा रहेका नेपालीको संख्या करिब ३ हजार रहेको छ । यसमा पीएचडी र स्नातकोत्तर तहमा पढ्ने बढी छन् । यसमा पनि करिब २५ प्रतिशत महिला रहेका छन् । इपीएसबाट गएका मध्ये वैधानिक रहेकाको मात्र रेक’र्ड हुने भएकाले समग्रमा अवैधा’निक रुपमा बस्ने नेपाली कति छन् भन्न नसकिने दूताबासका अधिकारी बताउँछन् त्यसैगरी करिब ३ हजारकै हाराहारीमा बिजनेस भिसामा कोरिया बसेका नेपाली छन् ।

इपीएसबाट कोरिया पुग्नेमध्ये तीन प्रतिशत भने अवै’धानिकरुपमा बसोवास गरिरहेका छन् । इपीएसबाट गएका मध्ये वैधा’निक भिसामा रहेकाको मात्र रेकर्ड हुने भएकाले समग्रमा अवैधानिक रुपमा बस्ने नेपाली कति छन् भन्न सक्ने अवस्था नरहेको दूताबासका अधिकारीहरु बताउँछन् । यो लेख अनलाईनखबरमा प्रकाशित छ।

प्रतिकृया दिनुहोस्