Wednesday, December 8

डोल्पामा एमाले गाउँपालिका अध्यक्षसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

November 11, 2021 93

काठमाडौं । डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपाकिा अध्यक्ष सहितका दर्जनौं नेता तथा का’र्यक’र्ता नेकपा (माओवादी केन्द्र)मा प्र’वेश गर्नुभएकाे छ । डोल्पा जिल्ला स्तरीय पार्टी प्र’शिक्षण भे’लामा पुग्नुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला खा’दा लगाएर पार्टीमा प्र’वेश गराउनुभएकाे थियाे ।

यसरी प्रवेश गर्नेहरुमा डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित सहित वडा नं. १ का वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नं. वडाका वडाध्यक्ष छोइक्याप भोटे, ३ नं. वडाका वडाध्यक्ष पाल्जाङ लामा र ६ नं. वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ लगायत रहनुभएकाे छ।

अध्यक्ष प्रचण्डले डोल्पा जिल्लाका विभिन्न स्थानहरुको अवलोकन गर्दै जनतासँग छलफल अन्त’क्र्रिया गर्नुभएकाे छ । उहाँसँग नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, नेतृ सत्या पहाडी, उहाँका स्वकीय सचिव गंगा दाहाल लगायतका ने’ताहरु पनि सहभागी हुनुहुन्छ ।

अध्यक्ष कमरेड प्रचण्ड संगै अर्थ मन्त्री जनार्दन शर्मा, माओबादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डोल्पाको डोल्पो बुद्ध नेकपा एमाले बाट निर्बाचित गाउपालीका अध्यक्ष लगाएत संपुर्ण वडा अध्यक्ष ने.क.पा माओबादी केन्द्र मा प्रवे’श कार्य’क्रम लगायत डोल्पाको बिभिन्न ठाऊको अवलोकन साथै जनता संग भेटघा’ट समेत भएको थियो।

प्रतिकृया दिनुहोस्