Monday, May 23

कोरियामा गयो विहानै भूकम्प, हेरौं कहाँ र कतिबेला गएको रहेछ

November 12, 2021 398

दक्षिण कोरियामा आज विहान भू’कम्पको ध’क्का म’हशुस गरिएको छ। कोरियाको दक्षिण पूर्वि शहर फोहाङमा शुक्रबार भू’क’म्प गएको हो। यसले खासै ठू’लो धन’जनको क्ष’ति भने नगरेको कोरियाको मौषम विभागले जानकारी दिएको छ।

भू’कम्प विहान १ बजे ३१ मिनेटमा गएको थियो। फोहाङ शहरको बुक वडा अफिसबाट १२ किलोमिटर उत्तरलाई केन्द्रवि’न्दू बनाई भू’कम्प गएको कोरियाली सन्चार माध्यमहरुले जानकारी दिएका छन। कोरिया मेटेरोलोजिकल एजेन्सीका अनुसार यसको इपिसेन्टर करिब ८ किलोमिटर गहिराईमा रहेको थियो। भूक’म्पको ध’क्का ख्यङसानबुक्दो प्रदेशमा २ लेभलको मापन गरिएको थियो भने अन्य क्षेत्रमा लेभल १ मात्रै मापन भएको थियो।

लेभल २ ले त्यस क्षेत्रका धेरैजसो मानिसहरुले थाहा पाउने गरि आएको भन्ने बुझिन्छ भने लेभल १ ले चाहि केहि मानिसहरुले मात्र थाहा पाउने गरि आएको भू’क’म्पन भन्ने बुझिन्छ। यसअघि सन २०१७ मा फोहाङ शहरमै ५ दशमलब ४ रिक्टरस्केलको भू’क’म्प गएको थियो। जसले गर्दा त्यस बर्षको कलेज इन्ट्रान्स परीक्षा नै १ हप्ता सरेको थियो। यो नै प्राकृतिक प्र’को’पका कारण सन १९९३ देखि लिन सुरु गरिएको कलेज इन्ट्रान्स परीक्षा पहिले पटक सरेको थियो।

यो पनि : एक करोडभन्दा बढिले घुमिसकेको सउलको यो पार्कमा के छ त्यस्तो आकर्षक कुरा?

करिब ३० महिनाअघिबाट पर्यटकहरुका लागि खुल्ला गरिएको सउल बोटानिक पार्क अहिले आकर्षक गन्तब्यका रुपमा परिचित हुँदै गइरहेको छ। त्यहाँको सिटी गभरमेण्टले जानकारी दिएअनुसार खुलेको ३० महिना बि’त्न नपाउँदै यहाँ आउने पर्यटकहरुको संख्या १ करोड नाघेको छ।

कोरियाको राजधानी सउलको पश्चिमी क्षेत्रमा रहेको यो पार्क घुम्न आउनेहरुका लागि सन २०१८ को अक्टोबर महिनाबाट खुल्ला गरिएको थियो। तर यस पार्कको औपचारिक रुपमा उद्घाटन भने सन २०१९ को मे महिनामा गरिएको थियो। शहरभित्रै निर्माण गरिएको यो पार्क नै कोरियाको पहिलो बोटानिक पार्क हो। करिब ५ लाख बर्गमिटर क्षेत्रफलमा फै’लिएको यो पार्कभित्र जङ्गल, पोखरी, ग्रिनहाउस जस्ता प्राकृतिक कुराहरु रहेका छन।

सन २०१८ को अक्टोबर महिनापछि यो पार्क १ करोड ४ हजार जनाले भ्रमण गरिसकेका छन। गत महिना मात्रै ५ लाख ५० हजार जनाले यो पार्क भ्रमण गरे। गत महिनाको डेटा हेर्दा दैनिक करिब १८ हजार जना पार्क घुम्न आएको देखिन्छ। अहिले मासिक पार्क घुम्न आउनेहरु सन २०२० को मार्च महिनाको भन्दा करिब ३.६ गुणा बढि रहेको पाइन्छ।

सबैभन्दा धेरै गत बर्षको अक्टोबर महिनामा यहाँ ६ लाखभन्दा बढि मानिस घुम्न आएका थिए। यस पार्कको थेम गार्डेनमा प्रवेश गर्न ५ हजार वन शुल्क लाग्नेछ। यो गार्डेनमा कोरियाका मुख्य मुख्य बोटविरुवाहरु रहेका छन। अन्य क्षेत्रमा प्रवेश निशुल्क रहेको छ। शुल्क नतिरी यहाँको जङ्गल, वेटल्याण्ड, पोखरी गार्डेन इत्यादी हेर्न सकिनेछ।

“हामीले विभिन्न किसिमका बोटबिरुवा, तिनीहरुको संर’क्षण र अध्यनका लागि यो बोटानिक पार्क सन्चालन गरेका हौं। हामी बिभिन्न किसिमका सं’रक्षण तथा अध्यन अ’नुसन्धान कार्यक्रमहरु संचालन गरी यो गार्डेनलाई देशकै उत्कृष्ट बोटानिक गार्डेन बनाउन चाहान्छौं।” यस पार्कका डिरेक्टर हान जुङ हुनले बताए।

प्रतिकृया दिनुहोस्