Monday, September 26

नेपाल लाइफको ५१ प्रतिशत सेयर खाने नखाने, निर्णय गर्ने आज अन्तिम दिन।

January 26, 2021 1004

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. (NLIC) ले प्रश्ताव गरेको बोनस लिने वा नलिने निर्णय गर्ने आज अन्तिम दिन हो।

कम्पनीले आफ्नो बीसौं साधारणसभा फेब्रुअरी १० अर्थात माघ २८ गते गर्दै छ। साधारणसभा विहान ९ बजेदेखि बिरगंगमा सुरु हुनेछ। कम्पनीको बुक क्लोज भोलीका लागि अर्थात माघ १४ मा तोकिएको छ। आज सम्म कायम रहने सेयरधनीले मात्र कम्पनीले प्रस्ताब गरेको बोनसका लागि योग्य हुनुका साथै साधारणसभामा समेत उपस्थित हुन पाउनेछन्। कम्पनीले माघ १४ देखि २८ गतेसम्म बुक क्लोजको मिती तोकेको छ।

साधारणसभामा अन्य प्रश्तावहरु सहित आर्थिक बर्ष ०७५/७६ को लागि बोनस समेत पारित गर्नेछ। नेपाल  लाइफले २० प्रतिशत नगद लाभांश र ३१ प्रतिशत शेयर बोनस दिने घोषणा गरिसकेको छ। यो बोनस पारित भएपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड पुग्नेछ।

त्यसैगरी साधारणसभामा कम्पनीले सेयर स्प्लिट अर्थात कम्पनीको १ सेयरलाई २ टुक्रा बनाउने प्रश्ताव पनि लाँदैछ। सेयर खण्डिकरणपछि प्रतिसेयर चुक्ता मूल्य रु १०० बाट रु ५० हुनेछ। सेयर खण्डिकरणपछि कम्पनीका सेयरधनीसँग भएको सेयर संख्या दोब्बर हुनेछ।

 

प्रतिकृया दिनुहोस्