Wednesday, December 8

कोरियाले नेपाली कामदार लाने प्रकृयामा दियो तिब्रता, मंसिर ८ गते यति धेरै कामदार कोरिया जाँदै (नामावलीसहित)

November 16, 2021 1568

काठमाडौं-दक्षिण कोरियाले कमिटेड नेपाली कामदार लैजाने क्रमलाई निरन्तरता दिएको छ। यसै क्रममा आउदो मङ्सिर ८ गते ८३ जना नेपाली कामदार कोरिया उड्ने भएका छन्। मङ्सिर ८ गते कोरिया प्रस्थान गर्ने कामदारहरु कमिटेड कामदारहरु हुन।

बैदेशिक रोजगार बिभाग अन्तर्गत ईपीएस कोरिया शाखाले मंगलबार जनाए अनुसार ८३ जना मध्ये ४ जना महिला रहेका छन्। फरक कृषि परेका महिलाहरु कुमारी नेम्बाङ्ग चेम्जोङ्ग, भिमकुमारी राई , डेमा पिम्बा भोटे र गोमा बस्याल रहेका छन्।

उडान तालिका तोकिएका नेपाली कामदारहरुले रोजगार अनुमती प्रणाली व्यवस्थापन शुल्क वापत माछापुच्छ्रे बैंकमा इपिएस कार्यालयको खाता न २३०१५२४३७४०१५०१७ मा ४६.२० डलरको नेपाली रूपैयाँ जम्मा गरेको बैंक भौचर, एभरेष्ट बैक, ग्वार्कोमा वैदेशिक रोजगार कल्याणकारी कोषको खाता न ००१०११०२२००००६ मा रु. २५०० जम्मा गरेको बैंक भौचर पेश गर्नुपर्ने छ।

त्यसैगरि वैदेशिक रोजगार विभागमा सूचिकृत बिमा कम्पनीबाट ६ बर्षे बैदेशिक रोजगार म्यादी जीवन बिमा गरेको बिमालेखको प्रतिलिपि, को’भि’ड जो’खि’म विमा गरेको विमालेखको प्रतिलिपि र कोरिया पुगेपछि १० दिन पुग्ने क्वा’रेन्टा’ईन खर्चमा क्वा’रेन्टाईन खर्चको व्यवस्था गर्नुपर्ने छ।

को’रो’ना भा’इर’सका कारण बिदेशी कामदारको आपूर्तिमा स’म’स्या भएपछि त्यहाँको साना तथा मझौला काम्पनिहरुमा मजदूर अ’भाव हुदै आएको छ। कोरियामा खो’प लगाउनेहरुको संख्या ८० प्रतिशत नाघेसँगै कोरियाले विदेशी कामदारहरुलाई सहज रुपमा प्रवेश दिने बताएसँगै अहिले कामदारहरु भित्राउन थालेको हो।

प्रतिकृया दिनुहोस्