Wednesday, December 8

केहि खुकुलो पार्नासाथ कोरियामा फै’लियो को’रोना, आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित थपिए

November 18, 2021 283

दक्षिण कोरियाले सामाजिक दूरीका नि’यम खुकुलो पार्दै जनजीवनलाई सामान्य बनाउँदै गर्दा फेरि सं’क्रम’ण बढेको छ। बिहिवार कोरियामा अहिले सम्मकै सबैभन्दा धेरै दैनिक सं’क्रमि’तहरु थपिएका छन जसका कारण यहाँका स्वा’स्थ अधिकार कर्मीहरुलाई थप चि’न्ता थपिएको छ।

विहिवार कोरियामा एकैदिन ३ हजार २ सय ९२ जना सं’क्र मि’त थपिए जसमध्ये ३ हजार २ सय ७२ जना स्थानिय सं’क्रमि’त हुन भने बाँकी विदेशबाट आउनेहरुमा देखिएको सं’क्रम’ण हो। विहिवारको यो संख्या गत बर्षको जनवरीमा पहिलो पटक कोरियामा को’रो’ना देखिएपछि कै सबैभन्दा धेरै हो भने यस अघिको सबैभन्दा धेरै सं’क्रमि’तको रेक’र्ड समेत तोडिएको हो। यसअघि सेप्टेम्बर २५ तारिखमा ३ हजा २ सय ७० जनामा को’रो’ना पु’ष्टि भएको थियो।

दक्षिण कोरियाले नोभेम्बर महिनाको सुरुबाटै लिभिङ विथ को’रो’नाको अवधारणसहित दैनिक जिवनयापनलाई सहज बनाउँदै लैजाने उदेश्यका साथ सामाजिक दूरीका नि’यमहरुलाई खुकु’लो बनाएको थियो। जनजीवन सहज हुँदै गएपछि मानिसहरुको च’हलपहल बढेकाले सं’क्रम’ण पनि बढेको हुन सक्ने अनुमान गरिएको छ। कोरियामा गत जुलाई ७ तारिखयता दैनिक सं’क्रमि’तहरुको संख्या ४ अङ्कमा रहेको छ।

विहिवार देखिएको सं’क्रम’णमध्ये १ हजार ४ सय २३ जना राजधानी सउलका हुन भने ९ सय ६५ जना राजधानी वरपर रहेको ख्यङ्गीदो प्रदेशका हुन। त्यसैगरी राजधानी सउलको पश्चिममा रहेको इन्छन शहरमा १ सय ९५ जना सं’क्रमि’त थपिएका हुन। गत नोभेम्बर १ मा कोरियाको सरकारले लिभिङ विथ को’रो’ना कार्यक्रम लागू गर्दै फेब्रुअरी महिनाको अन्तिमसम्म सबै किसिमका नि’यमहरु हटाउने बताएको थियो। तर अहिलेको अवस्था हेर्दा उक्त समयमा राखिएको लक्ष पूरा हुने कुरामा दु’विधा उत्पन्न भएको छ।

कोरिया रो’ग नि’यन्त्र’ण तथा रो’कथाम एजेन्सी केसिडिसीले बुधवार ५ तहको मापद’ण्ड बनाएको छ जसमा हरेक हप्ता को’रो’नाको रि’स्क मापन गरिनेछ र त्यहि अनुसार सामाजिक दू’रीका नि’यमलाई खु’कुलो बनाउने वा क’डाइ गर्ने भन्ने कुराको निर्धारण गरिनेछ। यो ५ तहको सिस्टममा यदि रि’स्क लेभल ४ वा सोभन्दा माथि पुगेमा सरकारले आ’कस्मि’क निरीक्षण गरि थप नियमहरुलाई क’डाइ बनाउने बताइएको छ।

प्रतिकृया दिनुहोस्