Wednesday, December 8

आजबाट दक्षिण कोरियामा यस्तो नियम लागू हुँदै, कम्पनीका कामदारहरुले जानिराख्नुस

November 19, 2021 1645

दक्षिण कोरियामा नोभेम्बर १९ अर्थात आजदेखी नयाँ नि’यम लागु हुने भएको छ। आज देखी कोरियाका सबै रोजगारदाताले तलब सहित तलबको सम्पुर्ण विवरण श्रमिकलाई अनिवार्य दिनुपर्ने निय’म लागु भएको हो। दक्षिण कोरियामा केहि कम्पनीहरुले अहिले पनि आफ्ना कामदारहरुलाई तलब लिस्ट नदिने गरेको पाइएको छ।

तलव विवरण नदिई श्रमिकको काम गरेको समय भन्दा कम तलव दिने, आफ्नो तलव कुन कुन शिर्षकमा का’टियो थाहा नदिई मनोमानी का’टने,आफुखुशी नियम मा नरही आउने भन्दा निकै कम तलव दिने व्यापक गु’नासो पछी कोरियाको श्र’म मन्त्रालयले यो नि’यम लागु गरेको हो। दक्षिण कोरियाका कतिपय कम्पनीहरुका मालिकहरुले महिनाभरी काम गरेको तलव विवरण श्र’मिकलाई नदिई आफुखुशी तलब दिने गरेका थुप्रै उदाहरण हरु छन।

तिनै समस्या हरुलाई मध्यनजर गर्दै कोरियामा यो बा’ध्यात्मक नि’यम लागु भएको हो। उक्त नि’यम लागुभएपछी सबै रोजगारदाता हरुले अनिवार्य तलव विवरण श्र’मिकलाई दिनुपर्ने छ। अझैसम्म पनि कोरियाका कतिपय कम्पनीमा काम गरेको समय रे’कर्ड राख्ने सिस्टम नभएकोले अवदेखी श्र’मिकले काम गरेको समय रे’कर्ड राखेर हिसाब माग्न पाउने भएको छ।

रोजगारदाताले अवदेखी तलवको सम्पुर्ण विवरण, तलब क’टौतिका शिर्षकमा के कति रकम का’टियो भन्ने पुरा विवरण खुलाउनुपर्ने छ। यदि रोजगार दाताले तलव विवरण लिस्ट दिन नमानेमा श्र’मिकले उ’जुरी गर्न सक्नेछन। रोजगारदाताले तलव लिस्ट नदिएको खण्डमा ५० लाख वोन सम्म ज’रिवाना हुने नि’यममा उल्लेख छ। यस संगै लामो समयदेखी तलव विवरण लिस्ट नपाई बसेका श्र’मिकहरुमा खुशियाली छाएको छ।

आजदेखि लागू भएको नयाँ नि’यमले कोरियामा कार्यरत नेपाली सहित धेरै कामदारलाई राहत मिलेको छ। आफूले कम्पनीमा कति घण्टा काम गरेको हो, कति घण्टा बिदाको दिन काम गरेको हो, कति घण्टा रातको समयमा काम गरेको हो तथा आफ्नो बेसिक तलब कति हो लगायतका सम्पूर्ण कुराहरु तलब लिस्टमा समावेस गरिएको हुनाले कामदारलाई आफ्नो कामको बारेमा प्रष्ट हुनेछ। हेल्लोकोरियानेपालको सहयोगमा 

प्रतिकृया दिनुहोस्