शनिवार तथा आइतबार दक्षिण कोरियाका अधिकाँस ठाउँमा धूलोले आकाश ढाकेको छ। धूलोबाट जोगिनका लागि यहाँका स्वास्थ अधिकारकर्मीहरुले बूढापाका र स्वास्थ अवस्था असामान्य भएका व्यक्तिहरुलाई घर भित्रै रहन सल्लाह दिएका छन।
दिउँसो १२ बजेसम्म धूलोको डेनसिटी २.५ पिएम रहेको छ जसको अर्थ एकदमै खराब अवस्था भन्ने बुझिन्छ। कोरियाको सरकारबाट सन्चालित कोरिया वातावरण कर्पोरेशनका अनुसार यो २.५ पिएम राजधानी सउल, इन्छन, ख्यङ्गिदो प्रदेश तथा छुङछननाम्दो प्रदेशमा रहेको छ। यि बाहेक ख्वाङ्जु र छल्लानाम्दो प्रदेशभन्दा अन्य क्षेत्रमा हावाको गुणस्तर खराब रहेको छ।
हावाको धूलोको मात्रा जसलाई पिएम १० भनिन्छ यो सउल, ख्यङ्गिदो तथा देशको केन्द्रिय तथा उत्तर पूर्वि भूभागहरुमा खराब रहेको छ भने यि भन्दा बाँकी क्षेत्रमा औषत रहेको बताइएको छ।
पिएम २.५ र पिएम १० को अर्थ हावामा धूलाका कणहरुको जसको आयतन २.५ माइक्रोमिटर र १० माइक्रोमिटर रहेका हुन्छन। दक्षिण कोरियाले हावामा रहेको धूलोको मात्रालाई ४ भागमा बाँडेर मापन गर्दछ। पहिलो नम्मरमा राम्रो दोश्रोमा औषत तेश्रोमा खराब र चौथोमा एकदम खराब।
गत विहिवार रातिबाट चीनबाट कोरियातर्फ आउन थालेको स साना धूलाका कणहरुका कारण यहाँको हावाको गुणस्तर बिग्रिएको हो। शुक्रबार अवेर कोरियाको राजधानी सउल र ख्यङ्गीदो प्रदेशका लागि ६ महिनापछि पहिलोपटक धूलोबाट बच्नका लागि सूचना जारी गरिएको थियो। यस बाहेकका अन्य क्षेत्रमा समेत शनिवार धूलोबाट जोगिनका लागि सूचना जारी गरिएको छ।
प्रतिकृया दिनुहोस्