Wednesday, December 8

कोरियाको योङ्गिन शहरमा एक खोरबाट भागे ५ वटा भालू, ३ दिनदेखि खोजी कार्य तिब्र

November 25, 2021 235

दक्षिण कोरियाो योङ्गिन शहरमा रहेको एक भालु पाल्ने खोरबाट ५ वटा भालू भागेका छन। भागेका यि भालूहरु खोज्नका लागि तिब्र खोजिकार्य सन्चालन गरिएको बताइएको छ। राजधानी सउलको दक्षिणमा रहेको एक फार्मबाट ५ वटा कालो एशियाटिक भालूहरु भागेका थिए।

कोरियाको राजधानी सउलबाट ५० किलोमिटर दक्षिणमा रहेको योङ्गिन शहरमा रहेको एक फार्मबाट सोमबार विहान १० बजेर ३० मिनेटमा ति भालूहरु भागेका थिए। उनिहरुलाई थुनेर राखिएको खोरबाट भालुहरु भागेका हुन। भागेका ५ वटा कालो एशियाटिक भालुहरुमध्ये केहि क्षणमै ३ वटा भालु हान नदि बेसिनमा रहेको वातावरणसम्बन्धि अफिसको अगाडी भेटिएका थिए।

हान नदि बेसिनमा भेटिएका तिन भालुमध्ये २ वटालाई सकुशल समातिएको छ भने एउटा भालुलाई चाहिँ मा’रिएको छ। समाउन गएका मानिसहरुलाई नै आ’क्रम’ण गर्न आएपछि उक्त भालुलाई मा’रिएको थियो। त्यसैगरी भागेका ५ वटा भालुमध्ये चौथो भालु पनि भेटिएको छ। चौथो भालु पहाडी क्षेत्रतिर भेटिएको छ। यो भालु भागेको फार्मबाट ६ सय मिटर टाढा एक हिमाली क्षेत्रमा मंगलबार दिउँसो भेटिएको थियो। तर यो भालुलाई शि’कारीहरुले सिध्याइसकेका थिए।

सउल क्षेत्रको वातावरणसम्बन्धि कार्यालयबाट खटिएका ६९ जना शिकारी तथा खोजी गर्न सक्ने क्षमता भएका अति राम्रा तालिमप्राप्त कुकुर सहितको टोलीले हराएको पाँचौ भालुको खोजिकार्य बुधबार बिहानबाट फेरि सुरु गरेको छ। यो भालु करिब करिब ७० देखि ८० किलोग्रामको रहेको छ। यसको उमेर भने ३ देखि ४ बर्ष भएको बताइएको छ।

गत बर्षको जुलाई महिनामा पनि यसै फार्मबाट एक भालू भागेको थियो। यस फार्मका मालिकलाई गत महिना नि’यन्त्रणमा लिइएको थियो। फार्म सन्चालकले आफ्नो फार्मबाट २ वटा भालु भागेको भनि गत महिना झु’टो रि’पोर्ट गरेका थिए। भालु भागेको भनि उनले अ’बैधानिक रुपमा २ वटा भालु का’टेको बुझिएको छ। यो समाचार योनहाप न्युज एजेन्सीको सहयोगमा सन्तोष न्यौपानेले तयार पारेका हुन।

प्रतिकृया दिनुहोस्